कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या १ करोड ५६ लाख नाघ्यो, ६ लाख ३५ हजारको मृत्यु

काठमाडौं । विश्वभर १ करोड ५६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । विहिबार एकैदिन २ लाख ७५ हजार ९८७ जनामा संक्रमण देखिएसँगै विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५६ लाख ४१ हजार ९०४ पुगेको हो ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३०९ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ३५ हजार ६६६ पुगेको छ । आज बिहानसम्म संक्रमणमुक्त हुनेको संख्या ९५ लाख २८ हजार ४३३ पुगेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ६८ हजार संक्रमित थपिएसँगै त्यहाँ कूल संक्रमितको संख्या ४१ लाख ६९ हजार पुगेको छ । ब्राजिलमा ५८ हजार, भारतमा ४८ हजार, दक्षिण अफ्रिकामा १३ हजार, मेक्सिकोमा ६ हजार, रसियामा ५ हजार र पेरुमा ४ हजार ५ सय जना संक्रमित थपिएका छन् ।

कोरोनाकै कारण पछिल्लो २४ घण्टामा ६ हजार २ सय ३८ जनाले ज्यान गुमाएका छन् । ब्राजिलमा १ हजार ३ सय १७, अमेरिकामा १ हजार १ सय १२, भारतमा ७ सय ५५, मेक्सिकोमा ७ सय ९०, पेरुमा १ सय ९९, दक्षिण अफ्रिकामा १ सय ५३ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds