Tag Archives: mainnews

कोरोनाबाट पाटन अस्पतालमा २ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत २ जनाको   मृत्यु भएको छ । मृत्यु हुनेमा  सर्लाही घर भएका ४५ वर्षीय पुरुष र रुपन्देही, सुनौली घर भएकी ४१ वर्षीय महिला   छन् । सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेर गत १९ गते अस्पताल भर्ना भएका थिए भने सुनौली घर भएकी ४१ वर्षीय महिला पनि १९ गते नै अस्पताल भर्ना भएकी थिईन् । मृतक महिलालाई पाठेघरको क्यान्सर  थियो । ती महिलाको शुक्रबार बिहान ११ …

पुरा पढ्नुहॊस »

आन्तरिक राजस्व कार्यालयमा कोरोनालाई गिज्याउने भीड, छैन सुरक्षा सतर्कता [फोटोफिचर]

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा करिब ४ महीना देशव्यापी लकडाउन भयो तर, साउन ८ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गर्यो । लकडाउन अन्त्य भएसँगै सरकारी तथा नीजि कार्यालय खुले र सेवाग्राहीको चाप बढ्यो । नयाँ आर्थिक वर्ष सुरु भएको र ४ महीनाको लकडाउन अन्त्य भएपछि सेवाग्रहीको चाप बढ्न स्वाभाविकै हो । तर यहाँ त कोरोनालाई गिज्याउने गरी सरकारी कार्यालयमा भीड लाग्ने गरेको छ । त्यहाँ पुग्दा लाग्थ्यो …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणका कारण २२ वर्षीय युवकको मृत्यु

काठमाडौं । सिरहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको हो । ती युवकको गएराती उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पुष्टि गरे । मृगौला पीडित रहेका उनी नियमित डाइलोसिस गराउँदै आएका थिए । उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना सक्रमित युवकको …

पुरा पढ्नुहॊस »

के पुनः लकडाउन हुँदैछ ?

काठमाडौं । लकडाउन पूर्णरुपमा अन्त्य भएपछिका १५ दिनमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि के अब सरकारले पुनः त्यस्तै नयाँ कदम चाल्दैछ ? आम नागरिकमा जिज्ञासा र चासो रहँदै आएको छ । कोरोनाको मात्रा बढ्दै जानुले खतरा घटेको होइन बढेको देखाइरहेको छ । विहिबार मात्रै देशभर ३६० जनामा कोरोना सङ्क्रमण भएको तथ्य सार्वजनिक भएको छ । कूल ६ हजार ६२२ जनाको कोरोना परीक्षण गर्दा ३६० जना सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर १ करोड ८९ लाख संक्रमित, ७ लाख १२ हजारको मृत्यु

काठमाडौं । विश्वमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ करोड ८९ लाख पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो । हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको भइसकेका छन् । सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ …

पुरा पढ्नुहॊस »

थप ३६० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ७ सय ५० पु्ग्यो

काठमाडौं । आज विहीबार थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज विहीबार थप ३६० जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ७ सय ५० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६५ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार ३ सय ८९ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

नेपालमा १५ हजारभन्दा बढी कोरोना संक्रमित निको भए

काठमाडौं । नेपालमा कोरोना संक्रमणदर नघेपनि निको हुनेको संख्या भने बढ्दै गएको छ । हालसम्म पुष्टि भएका २१ हजार ३९० कोरोनाभाइरस संक्रमितमध्ये १५ हजारभन्दा बढी निको भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुनेको संख्या १५ हजार १५६ पुगेको छ । उपचाररत् संक्रमितको संख्या ६ हजार १७४ छ । अहिलेसम्म ६० जनाको मृत्यु भएको छ । दैनिक नयाँ संक्रमित भेटिने संख्यामा उतारचढाव भइरहेको छ । हिजो …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ७ लाख ११ हजारको मृत्यु, १ करोड ८९ लाखभन्दा बढी संक्रमित

काठमाडौं । विश्वभर १ करोड ८९ लाखभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार बिहानसम्म म्म एकैदिन २ लाख ७० हजार ५४५ जना संक्रमित भएका छन् । योसँगै विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८९ लाख ७० हजार ८३७ पुगेको हो । कुल संक्रमितको ६० प्रतिशतभन्दा बढी निको भएका छन् । बिहीबार बिहानसम्म १ करोड २१ लाख ६० हजार ६७५ जना निको भएका छन् । यस्तै एकैदिन ६ …

पुरा पढ्नुहॊस »

सवारीसाधनमा जाेर-बिजाेर लागू, राति हिँडडुलमा पनि रोक

काठमाडौँ । सरकारले काठमाडौँ उपत्यका र दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सवारी अवागमन बन्द गरेको छ । कोरोनाको संक्रमण बढ्दै गएको देखिएपछि सरकारले आजैदेखि लागु हुने गरि रातिमा सवारी आवागमन बन्द गरेको हो । बन्दाबन्दी खुकुलो भएसँगै मुलुकभर कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै सरकारले आजदेखि जोरविजोर नम्बरका आधारमा यातायातका साधन चल्न दिने भएको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २०० भन्दा …

पुरा पढ्नुहॊस »

थप ३८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार ३ सय ९० पु्ग्यो

काठमाडौं । आज  बुधबार थप ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज बुधबार थप ३८१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ हजार ३ सय ९० जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या ६० जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १५ हजार १ सय ५६  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds