कोरोना संक्रमणका कारण २२ वर्षीय युवकको मृत्यु

काठमाडौं । सिरहामा कोरोना संक्रमणबाट एक युवकको मृत्यु भएको छ । धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सिरहाको गोलबजार नगरपालिका वडा नम्बर १२ का २२ वर्षिय युवकको मृत्यु भएको हो ।

ती युवकको गएराती उपचारको क्रममा मृत्यु भएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले पुष्टि गरे । मृगौला पीडित रहेका उनी नियमित डाइलोसिस गराउँदै आएका थिए । उनमा बुधबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना सक्रमित युवकको मृत्यु भएपछि उनका परिवारका ४ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनको शव सिरहा ल्याउने र नेपाली सेना दाह संस्कार गर्ने तयारी भइरहेको प्रजिअ कणेलले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा …

प्रतिकृया दिनुहॊस