आन्तरिक राजस्व कार्यालयमा कोरोनालाई गिज्याउने भीड, छैन सुरक्षा सतर्कता [फोटोफिचर]

काठमाडौं । विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालमा करिब ४ महीना देशव्यापी लकडाउन भयो तर, साउन ८ गतेबाट लकडाउन अन्त्य भएको घोषणा गर्यो ।

लकडाउन अन्त्य भएसँगै सरकारी तथा नीजि कार्यालय खुले र सेवाग्राहीको चाप बढ्यो । नयाँ आर्थिक वर्ष सुरु भएको र ४ महीनाको लकडाउन अन्त्य भएपछि सेवाग्रहीको चाप बढ्न स्वाभाविकै हो । तर यहाँ त कोरोनालाई गिज्याउने गरी सरकारी कार्यालयमा भीड लाग्ने गरेको छ । त्यहाँ पुग्दा लाग्थ्यो कोरोना महामारी सकिएको छ, नागरिकमा कोरोनाको त्रास छैन ।

शुक्रबार काठमाडौंको पुतली सडकमा रहेको आन्तरिक राजस्व कार्यालयमा यस्तै देखियो । सेवाग्रही अस्तव्यस्त देखिन्थे । लाइनमा बसेका सेवाग्राहीको पालो आएको थिएन, लामो लाइनमा भौतिक दूरी पालना भएको देखिँदैन । तर, अलिकति खाली ठाउँ राखे अर्कोले पालो मिच्ला भन्ने पीर ।

कार्यालयमा तल्लो तल्लादेखि माथिल्लो तल्लासम्म सिडीमै बाक्लो लाइन थियो । कार्यालयमा विभिन्न शीर्षकका कर तिर्नेदेखि नयाँ फर्म दर्ता तथा नवीकरण गर्ने, व्यक्तिगत प्यान लिन आउने सेवाग्राही बढी देखिन्थ्ये । त्यहाँ न सुरक्षा सतर्कता थियो न त सेवाग्राी नै सचेत देखिथ्ये ।

हेर्नुस् कोरोनालाई गिज्याउने यी तस्बिर :-

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पर्यटन बोर्ड सीईओ छनोट कार्य रोक्ने अन्तरिम आदेशलाई दियो उच्च अदालतले निरन्तरता

काठमाडौँ । उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटसम्बन्धी कुनै पनि …

प्रतिकृया दिनुहॊस