कोरोनाबाट पाटन अस्पतालमा २ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत २ जनाको   मृत्यु भएको छ ।

मृत्यु हुनेमा  सर्लाही घर भएका ४५ वर्षीय पुरुष र रुपन्देही, सुनौली घर भएकी ४१ वर्षीय महिला   छन् ।

सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेर गत १९ गते अस्पताल भर्ना भएका थिए भने सुनौली घर भएकी ४१ वर्षीय महिला पनि १९ गते नै अस्पताल भर्ना भएकी थिईन् ।

मृतक महिलालाई पाठेघरको क्यान्सर  थियो । ती महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको  भने पुरुषको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनीहरू दुबै जनालाई  कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको  थियो।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

गोंगबुको होटलमा महिलाको शव फेला, एक पुरुष पक्राउ

काठमाडौं । काठमाडौंको गोङ्गबुमा एक महिलाको शव भेटिएको छ । मोरङको लेटाङ घर भई हाल …

प्रतिकृया दिनुहॊस