कोरोनाबाट पाटन अस्पतालमा २ जनाको मृत्यु

काठमाडौं ।  कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत २ जनाको   मृत्यु भएको छ ।

मृत्यु हुनेमा  सर्लाही घर भएका ४५ वर्षीय पुरुष र रुपन्देही, सुनौली घर भएकी ४१ वर्षीय महिला   छन् ।

सर्लाहीका ४५ वर्षीय पुरुषलाई कुकुरले टोकेर गत १९ गते अस्पताल भर्ना भएका थिए भने सुनौली घर भएकी ४१ वर्षीय महिला पनि १९ गते नै अस्पताल भर्ना भएकी थिईन् ।

मृतक महिलालाई पाठेघरको क्यान्सर  थियो । ती महिलाको शुक्रबार बिहान ११ बजे मृत्यु भएको  भने पुरुषको शुक्रबार विहान ८ बजेर ४० मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ।

उनीहरू दुबै जनालाई  कोरोना पोजेटिभ देखिएपछि उनीहरूलाई आइसोलेसनमा राखेर उपचार भइरहेको  थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री