काठमाडौं । बिहीबारको सेयर बजारमा नयाँ रेकर्ड बनेकाे छ । एकैदिनको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ याे हालसम्मकै उच्च कारोबार रकम हो । यसभन्दा पहिले २०७६ फागुन १८ गतेका दिन उच्च कारोबार भएको थियो । उक्त दिन ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । त्याे रेकर्डलाई पनि ब्रेक गर्दै बिहीबारको बजारले नयाँ रेकर्ड राखेकाे छ । आजका दिन बजारमा कूल …
पुरा पढ्नुहॊस »आज विहीबार थप २१ सय ३ जनामा कोरोना पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर विहीबार थप २१ सय ३ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख १५ हजार २० पुगेको छ । थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। संक्रमित मध्ये १ लाख ८५ हजार ६३८ जना उपचारपछि निको भएका छन्।
पुरा पढ्नुहॊस »महामारीका वाबजुद विकास र समृद्धिको यात्रा जारी छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका वाबजुद विकास र समृद्धिको यात्रा जारी रहेको बताएका छन् । तिहारको मुख्य दिन भाइटिकाका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले महामारीका वाबजुद पनि मुलुकको विकास तथा समृद्धिको यात्रालाई अघि बढाइरहेको बताएका हुन् । विश्वब्यापी रुपमा फैलिएको कोभिड-१९ को महामारीका कारण मानव स्वास्थ्यलाई ध्यानमा राख्दै विशेष सावधानी अपनाएर यसवर्षको तिहार पर्व मनाउन उनले आह्वान गरे । साथै कोरोनाले जनताको स्वास्थ्यमा गरेको क्षति …
पुरा पढ्नुहॊस »विश्वमा संक्रमितको संख्या ५ करोड ४३ लाख नाघ्यो, अमेरिकामा मात्रै साढे २ लाख बढीले ज्यान गुमाए
काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ५ करोड ४३ लाख नाघेको छ भने १३ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ४३ लाख ८ हजार ८४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना …
पुरा पढ्नुहॊस »नेपाल सम्वतमा प्रधानमन्त्रीको सन्देश- ‘मौलिक परम्परा हाम्रो पुँजी हो’
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि एकतावद्ध हुन आह्वान गरेका छन् । नेपाल सम्वत् ११४१ का अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले एकता मार्फत् नै ‘हामी समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न समर्थ हुने बताए । सन्देशमा उनले जननिर्मित संविधानको संस्थागत कार्यान्वयन मार्फत् मुलुकलाई विकास र समृद्धिको दिशामा अग्रसर गराइरहेका उल्लेख गर्दै सिंगो देश नयाँ संविधान अनुरुपका संरचनागत, भौतिक पूर्वाधार …
पुरा पढ्नुहॊस »तिहारको चौथो दिन : आज गोवर्द्धनको पूजा, म्ह पुजा पनि आजै
काठमाडौं । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोरु जोत्ने हलीको समेत पूजा गरी हली तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । आधुनिक विज्ञानले समेत स्थानीय गोरस विभिन्नि रोगहरुमा …
पुरा पढ्नुहॊस »विश्वमा एकैदिन अहिलेसम्मकै धेरै ६ लाख २८ संक्रमित थपिए, ९ हजार ६२३ को मृत्यु
काठमाडौं । विश्वमा एकै दिन हालसम्मकै बढी ६ लाख २८ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विश्वमा ६ लाख २८ हजार १३६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा विश्वमा ९ हजार ६२३ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ९ हजार ६६८ कोरोना संक्रमितको मृत्यु भएको थियो । विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले यो संख्या अहिलेसम्मकै धेरै भएको जनाएको छ । …
पुरा पढ्नुहॊस »आज लक्ष्मी पूजा, धनधान्यकी देवी लक्ष्मीको विशेष पूजा गरिँदै
काठमाडौँ । यमपञ्चकको तेस्रो दिन आज कार्तिक कृष्ण औँसीको साँझ ऐश्वर्य, धन धान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजााराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र गाईको गोबर एवं रातोमाटाले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । …
पुरा पढ्नुहॊस »कक्षा १२ को परीक्षा : अझैं अन्यौलमा विद्यार्थी
डम्मर बम एक साताअघि कैलालीका निरज चन्द काठमाडौं आए, दशै मनाए लगत्तै उनी कक्षा १२ को परीक्षा दिन काठमाडौं आएका हुन् । मदन भण्डारी ममोरियल कलेज काठमाडौंमा व्यवस्थापन संकायमा अध्ययनरत उनी गत वर्ष चैत्र ५ गते सरकारले लकडाउन गर्नुपूर्व घर गएका थिए । राजधानीमा परीक्षाको तयारी गर्दै गरेका चन्द भने अहिले दोधारमा छन् । कार्यविधि नै बनाएर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरेपनि कात्र्तिक २६ गते …
पुरा पढ्नुहॊस »शुक्रबार थप २१११ जनामा कोरोना संक्रमण, ३७ हजार २२ सक्रिय संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार १११ जना संक्रमित भएका थपिएका छन् । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ६ हजार ३५३ पुगेको छ । थप १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या १ हजार २०२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित छन्। कोरोनाको हालसम्म १५ लाख ९३ हजार ८५० पिसिआर परीक्षण …
पुरा पढ्नुहॊस »