डम्मर बम
एक साताअघि कैलालीका निरज चन्द काठमाडौं आए, दशै मनाए लगत्तै उनी कक्षा १२ को परीक्षा दिन काठमाडौं आएका हुन् । मदन भण्डारी ममोरियल कलेज काठमाडौंमा व्यवस्थापन संकायमा अध्ययनरत उनी गत वर्ष चैत्र ५ गते सरकारले लकडाउन गर्नुपूर्व घर गएका थिए । राजधानीमा परीक्षाको तयारी गर्दै गरेका चन्द भने अहिले दोधारमा छन् । कार्यविधि नै बनाएर राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरेपनि कात्र्तिक २६ गते बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को निर्देशक समितिको छलफमा उपत्यकाका मेयरहरुले छठलगत्तै १५ दिन लकडाउन गर्र्न सुझाव दिएसँगै उनी दोधारमा परेका हुन् ।
चन्दमात्र नभएर कक्षा १२ को परीक्षा तयारी गरिरहेका बिद्यार्थीमा परीक्षा हुने नहुनेमा अन्यौलता छ । उपत्यकामा संक्रमण दर बढ्दै गएकोले तिहारपछिको अवस्था हेरेर कुनै निर्णय गर्नुमा गृह मन्त्रालय छ । ‘‘एक बर्ष अघि पढेर अहिले परिक्षा दिने मौका मिलेको छ,” चन्दले भने, ‘‘अझैपनि स्थानीय सरकारको कुरा सुन्दा अन्यौलमा छु परिक्षा हुने नहुनेमा ।” नयाँ वानेश्वरमा एक कोठा भाडामा लिएर राजधानीमा अध्ययनरत चन्द पढाईको सिलशिलामा काठमाडौं हानिएका हुन् । सामान्य परिवारमा हुर्केका चन्द कोरोनाको कहरमा नबसे पनि राजधानीमा आठ महिनाको कोठाभाडा तिर्नुपर्दा दःुखि पनि छन् । मासिक छ हजार कोठाभाडा तिर्नुपर्छ, नबसी भाडा तिर्दा गारो भएको विद्यार्थी चन्दले बताए ।
२०७७ सालको कक्षा १२ को वार्षिक परीक्षा सञ्चालन, व्यवस्थापन तथा मूल्याङ्कनका सम्बन्धमा “माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) को विद्यार्थी मूल्याङ्कन, परीक्षा संचालन, ब्यवस्थापन, अभिलेखीकरण तथा प्रमाणीकरण सम्बन्धी कार्यविधि २०७७” तयार गरी परिक्षा तयारी गरिएको सह-सचिव राष्ट्रिय वोर्डका प्रवक्ता जंगबहादुर अ-यालले बताए । उनका अनुसार मंसिर ९ गतेदेखि १८ गतेसम्म कक्षा १२ को परीक्षा हुदैछ । ‘‘राष्ट्रिय परीक्षा बोर्डले देशभर होम सेन्टर (पढेकै स्कुल) मा ‘फेस टु फेस’ गरी परिक्षा सञ्चालन हुनेछ,” प्रवक्ता अ-यालले, भने ‘‘सबै परिक्षा केन्द्रहरुमा प्रश्नपत्र पठाउने काम भइरहेको छ ।”
कक्षा १२ मा ४ लाख ३३ हजार १ सय ८० जना विद्यार्थीहरु परिक्षामा सहभागी हुने र जसको लागि ४ हजार एक सय ५ वटा होम सेन्टर रहेको प्रवक्ता अ¥यालले जानकारी दिए । राजधानी लगायत विभिन्न स्कुलमा अध्ययनरत विद्यार्थीले घर पाइक होम सेन्टरमा परिक्षा दिनका लागि १२ हजार ४ सय बढीले परिक्षा फर्म भरेको प्रवक्ता अ-यालले बताए । यसअघि बैशाख ८ गतेदेखि १८ गतेसम्म परिक्षा तोकिएकोमा कोरोनाको कारण परिक्षा स्थगित भएको थियो । वोर्डको कार्यविधि अनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत बराबर कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा मान्यता दिने तयारी छ । ४० प्रतिशतको छोटो परीक्षाका लागि बोर्डले देशभर होम सेन्टर कायम गरेर एकै पटक सञ्चालन गर्ने अर्यालले जानकारी दिए । बोर्डले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्दै प्रत्येक कोठामा निश्चित परीक्षार्थी राखेर परीक्षा सञ्चालन गर्ने बताए ।
लाखौंको भविश्यसँग जोडिएको परीक्षा जस्तो संबेदनशिल विषयमा सरकार कहिकतै चुक्नु हुदैन । स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई परीक्षा दिन पाउने विद्यार्थीको अधिकारलाई सम्बोधन हुनु जरुरी छ ।
छुट्टै अनुभबका बीच विद्यार्थीहरुले परीक्षा दिन लागेको रत्नराज्य माध्यामिक विद्यालय नयाँ वानेश्वरका विज्ञान विभागिय प्रमुख शिक्षक मनोज आचार्य बताए । उनले परीक्षाको सबै तयारी भईरहेको बताए । “सात महिना भयो त्रासपूर्ण अवस्थामा छौ, विद्यार्थीहरुले एक बर्षअघि बढेको कुरा त्रासको वातावरणमा भुलीसकेको अवस्थामा होलान,” विभागिय प्रमुख शिक्षक आचार्यले भने “विद्यार्थीहरुलाई मनोपरामर्शका साथ परीक्षामा सहभागी गराउनु पर्दथ्यो ।” हामीले एकपटक स्कुलमा मनोपरामर्श कक्षा सञ्चालन गरेको विद्यार्थीको केही मोटीभेट गर्ने प्रयास गरेको उनले बताए । अबपनि लकडाउनमा हुनेमा भने उनि विश्वस्त छैन्न । लकडाउन भनेको सामुदायमा फैलिन नदिनका लागि गरिने प्रयास भएको बताउदै उनले अब त्यस्तो अवस्था नरहेको बताए ।
यदी सरकारले १५ दिन पुरै लकडाउन गर्न चाहेमा पूर्ण रुपमा लकडाउन गर्नुेपर्ने हुन्छ, जसबाट सरकारले कोरोना नियन्त्रणमा केही सफलता हासिल गर्नसकोस अन्यथा लकडाउनका लागि लकडाउन व्यर्थ हुने शिक्षक आचार्य बताए । कोटेश्वर सरस्वती माध्यामिक विद्यालयका प्रधानाध्यापक पुष्पराज कुँवरले कक्षा १२ को परिक्षा तयारी भई रहेको बताए । उनले राष्ट्रिय परिक्षा वोर्डले परिक्षाको तयारी गरेकाले सुरक्षा मापदण्ड अपनाई परिक्षा लिने बताए । हाल ६२ जना विद्यार्थीले परिक्षा फारम भरेको र धेरै जना विद्यार्थी घर गएकोले तिहारपछि मात्र आउने जानकारी आएकोमा प्रधानाध्यापक कुँवरले बताए । ‘‘सरकारले नै निर्देशनमा परिक्षा तयारी गरिएको हो,” प्रधानाध्यापक कुँवरले भने ‘‘फेरी लकडाउनको हल्लाले केही अन्यौलता हामीलाई पनि भएको छ ।”
कोरोनाका कारण स्थगित भएका राष्ट्रिय परिक्षा वोर्ड र त्रिभुवन विश्वविद्यालयले परिक्षा सञ्चालन गर्नेे क्रममा रहेको छ । सरकाले होम सेन्टरमार्फत परीक्षा सञ्चालनका लागि निर्देशन दिएको छ तर छठपछि गरिएको लकडानको प्रस्तावका कारण अन्यौलता छाएको छ । परीक्षाका लागि कतिपय विद्यार्थी राजधानी आएका छन् । भने कतिपयले हामेसेन्टरमा परीक्षा दिने तयारी गरेका छन् । स्पष्ट नीतिका साथ सरकारले निर्णय लिनु आवश्यक देखिएको छ । लाखौंको भविश्यसँग जोडिएको परीक्षा जस्तो संबेदनशिल विषयमा सरकार कहिकतै चुक्नु हुदैन । स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाई परीक्षा दिन पाउने विद्यार्थीको अधिकारलाई सम्बोधन हुनु जरुरी छ ।
प्रतिकृया दिनुहॊस