Tag Archives: mainnews

संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै रिट लिएर सभामुख पुगे सर्वोच्च

काठमाडौँ । संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् । नियुक्ति संविधानविपरीत भएको भन्दै सभामुख सापकोटा आफै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् । उनले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पेस गरेका छन् । रिट निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय र उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले माग गरेका छन् । सभामुख सापकोटासँगै नेताहरु शशी …

पुरा पढ्नुहॊस »

फेरि व्यस्त सडकमै मञ्चः सवारी व्यवस्थापन भद्रगोल !

काठमाडाैँ । प्रतिनिधिसभा विघटनको कदमपछि नेकपा व्यावहारिक रुपमा विभाजित बन्यो । केही साना दल र स्वयं सत्तामा रहेको नेकपाबाहेक सबै दल सो कदमको विरोधमा उत्रिएका छन् । विपक्षी पार्टीका विरोधसभा त भए, भए स्वयं सत्तामा रहेको दल नेकपाले पनि शक्ति प्रदर्शनका नाममा देशभर आमसभा र प्रदर्शन गरिरहेको छ । यो सिलसिला अझै जारी छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको नेकपाले राजधानीको केन्द्र दरबारमार्गमै आज शक्ति प्रदर्शनको आयोजना गरेको …

पुरा पढ्नुहॊस »

एक लाख ५८ हजारले लगाए खोप

काठमाडौँ । कोभिड-१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप अहिलेसम्म एक लाख ५८ हजार ४८७ ले लगाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ७७ जिल्लाका २०१ खोपकेन्द्रबाट एक लाख ५८ हजार ४८७ ले खोप लगाएको बताए । उनका अनुसार प्रदेश– १ मा २१ हजार ७५४, प्रदेश–२ मा २१ हजार १८५, वाग्मती प्रदेशमा ५५ हजार ५०४, गण्डकी प्रदेशमा १७ हजार २६७, लुम्बिनी प्रदेशमा २३ हजार ७९८, कर्णाली प्रदेशमा आठ हजार …

पुरा पढ्नुहॊस »

फागुनबाट लोकतन्त्र विरोधीलाई बढार्ने गरी जनआन्दोलन हुन्छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । प्रतिगमनविरुद्ध सडक आन्दोलन गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । उनले भने, ‘हाम्रो सबैसँग कुरा भइरहेको छ । सम्भवत फागुन पहिलो हप्ताबाट संयुक्त आन्दोलन हुन्छ र त्यसले सबै लोकतन्त्रविरोधी र निरंकुशता पक्षपातीलाई बढार्छ ।’ संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा सातदोबाटो चोकमा पुगेर कार्यकर्तालाई संयमित रुपमा आमहड्ताल सफल …

पुरा पढ्नुहॊस »

प्रचण्ड-नेपाल समूहको हड्तालले आम नागरिकलाई सास्ती

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण संघीय राजधानी काठमाडौं लगायत देशभरको जनजीवन प्रभावित भएको छ । काठमाडौंमा बिहानैदेखि सार्वजनिक तथा निजी सवारी कम चलेका छन् भने पसल-व्यवसाय, स्कुल-कलेजहरु पनि खुलेका छैनन् ।मुख्य सडक आसपासमा पसल खुलेका छैनन् भने भित्री क्षेत्रका पसल-व्यवसाय सन्चालनमा छन् । बन्दकर्ताले आत्यावश्यक सेवाका सवारीलाई सन्चालनमा रोक नगर्ने बताएका छन् । हड्ताल सफल बनाउन उक्त समूहका नेता कार्यकर्ता सडकमा निस्किएका छन् । प्रदर्शनका …

पुरा पढ्नुहॊस »

असंवैधानिक नियुक्ति कांग्रेसलाई स्वीकार्य छैन, तत्काल खारेज गर्नुपर्छ : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले असंवैधानिक रुपमा गरिएको संवैधानिक निकायको नियुक्ति कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन् । आज बिहान ट्वीटरमार्फत उनले असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएका संवैधानिक नियुक्ति तत्काल खारेज गर्नुपर्ने बताएका छन् । उनले ट्वीटरमा लेखेका छन् , ‘असंवैधानिक र बदनियतपूर्ण तरिकाले गरिएका संवैधानिक नियुक्तिहरु काँग्रेसलाई कदापि स्विकार्य हुनेछैन्। सबै नियुक्ति तत्काल खारेज गरिनुपर्छ ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्को सिफारिसमा बुधबार संवैधानिक आयोगका प्रमुखसहित …

पुरा पढ्नुहॊस »

अष्टलक्ष्मी शाक्यसहित दर्जनौं नेता-कार्यकर्ता प्रहरी नियन्त्रणमा

काठमाडौँ । नेकपाको प्रचण्ड-नेपाल समूह्ले आह्वान गरेको आमहड्तालका क्रममा बिहीबार बिहानै दर्जनौं बन्दकर्ता पक्राउ परेका छन् । राजधानीको कलंकी, सामाखुशी, सोह्रखुट्टे, महाराजगञ्ज लगायतका स्थानबाट अहिलेसम्म ७७ बन्दकर्ता पक्राउ परेका हुन् । यसैबीच नेतृ अष्टलक्ष्मी शाक्यलाई पनि प्रहरी नियन्त्रणमा लिएको छ । हड्ताल सफल बनाउन शाक्यसहितका नेता कार्यकर्ताहरु सडकमा आएका बेला पक्राउ परेका हुन् । उनीहरुलाई महाराजगञ्ज स्थित सशस्त्र प्रहरी गण नम्बर–२ मा राखिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशिल सिंह …

पुरा पढ्नुहॊस »

काठमाडौँको गोंगबुमा ट्याक्सीमा आगजनी

काठमाडौँ । नेकपा प्रचण्ड-नेपाल समूहले आह्वान गरेको आम हड्तालको प्रभाव देखिन थालेको छ । काठमाडौँ उपत्यकासहितका स्थानमा बिहानैदेखि जनजीवन प्रभावित भएको हो । प्रहरीले बिहानै बन्द गराउँदै हिँड्ने ३० भन्दा बढी कार्यकर्तालाई पक्राउ गरेको छ । यस्तै गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन् । आगलागीबाट प्रदेश ३–०१००२ ज ५८८१ नम्बरको ट्याक्सी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ । संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड–नेपाल समूहले आज आम …

पुरा पढ्नुहॊस »

अन्ततः संवैधानिक आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौँ । विभिन्न संवैधानिक निकायमा सिफारिस गरिएकाहरुलाई राष्ट्रपति कार्यालयमा शपथ ग्रहण गराइएको छ । बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएका हुन् । प्रधानन्यायाधीश जबराले विभिन्न ५ आयोगमा सिफारिस भएकाहरुलाई शपथ ग्रहण गराएका थिए । त्यस्तै सदस्यहरुलाई सम्बन्धित आयोगका अध्यक्षहरुले शपथ खुवाए । संवैधानिक निकायमा सिफारिस भएका ४५ जनामध्ये ३८ जना पदाधिकारीहरूले शपथ ग्रहण का हुन् । सपथ कार्यक्रममा राष्ट्रपति भण्डारी, …

पुरा पढ्नुहॊस »

सरकारी अनुदानमा विदेशबाट आयात गरिएको २८ करोडको मल खेर गयो

काठमाडाैँ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले तेस्रो मुलुकबाट आयात गरी नेपाल भित्र्याएको छ हजार ६०० मेट्रिक टन रासायनिक मलमध्ये २८ करोड मूल्य बराबरको छ हजार २५० मेट्रिक टन मल भिजेर काम नलाग्ने भएको छ । भदौ ६ गते वीरगञ्जको सिर्सियास्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा आएको पाँच महिना भइसक्दा सबै मल पानीले भिजेर डल्ला परेकाले भन्सार जाँचपास हुनसकेको छैन । २८ करोड मूल्य बराबरको एक लाख २५ हजार बोरा रहेको उक्त …

पुरा पढ्नुहॊस »
This will auto close after