“बिगेस्ट १०शैँ”मा यामाहाका ग्राहकले जिते लाखौँको नगद उपहार, १० लाख जित्ने मौका अझै बाँकी

काठमाडौँ । यसपालिको दसैँ, तिहार र छठ चाडपर्वलाई मध्यनजर गरी यामाहा नेपालले ल्याएको नयाँ ग्राहक योजना “बिगेस्ट १०शैं” अन्तर्गत यामाहाका बाइक तथा स्कुटर खरिद गरेर विभिन्न ग्राहकहरूले स्योरशट नगद उपहारहरू जित्ने सिलसिला देशैभरि निरन्तर जारी रहेको छ।

स्योरशट नगद उपहारको रु. २०,०००, रु. ५०,००० र रु.१,००,००० श्रेणी अन्तर्गत ठुलो सङ्ख्याका ग्राहकहरूले नगद उपहारहरू जितिरहेका छन् भने अन्य रोमाञ्चक गिफ्ट ह्याम्परहरू जित्ने क्रम पनि निरन्तर जारी रहेको यामाहाले जनाएको छ।

अफर अवधिभर यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकहरूले रु. दश लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरशट क्यास छुट उपहार प्राप्त गर्न सक्ने छन्। त्यसैले रू. १० लाखको नगद छुट जितेर भाग्यशाली बन्ने मौका अझै पनि ग्राहकहरूसँग बाँकी रहेको यामाहाका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत श्री दीपक अग्रवालले बताए।

ग्रुपले भर्खरै नेपालमा निर्मित यामाहा मोटरसाइकलका दुई मोडल एफजेड भीथ्री डिलक्स र एफजेड भीथ्री स्ट्याण्डर्डको लागि एफआई मा १० वर्षको वारेन्टी समेत ल्याएको छ।

यामाहाले अन-द-स्पट एक्सचेन्जको सुविधा पनि दिनेछ भने आफ्ना ग्राहकहरूका लागि शून्य ब्याजदरमा ई.एम.आई. र इजी फाइनान्सको सुविधा पनि प्रदान गर्नेछ। एफआई प्रविधि, रिसेल भ्यालु र पर्फर्मेन्समा उत्कृष्ट अनि दिगोपनामा सर्वोत्कृष्ट यामाहा बाइक र स्कुटरहरूको खरिदसँगै १० लाख जित्ने अवसर र दुईओटा मोडलमा एफआई १० वर्षे वारेन्टी ल्याएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

घट्यो पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनको मूल्य

काठमाडौँ । नेपाल आयल निगम इन्धनको मूल्य घटाएको छ । निगमले चाडपर्व नजिकिएसँगै आजदेखि लागू …

प्रतिकृया दिनुहॊस

This will auto close after