सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सामाजिक उत्तरदायित्वअन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २५ लाखको चेक हस्तान्तरण गरेको छ । कार्यवाहक प्रधानमन्त्री एंवम उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहलाई बैंकका अध्यक्ष प्रवलजंग पाण्डेले २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र प्रमुख प्रशासकीय अधिकृत नारायणराज अधिकारी लगायतको उपस्थिति रहेको थियो ।

बैंकले यसअघि पनि २०७२ सालको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले कोषमा आर्थिक सहयोग स्वरुप एक करोड प्रदान गरेको थियो । त्यस्तै, कर्णाली प्रदेशको जाजरकोटमा गएको विनाशकारी भूकम्पबाट पीडितहरूको उद्धार तथा उपचारको उद्देश्यले कोषमा २५ लाख रुपैयाँको सहयोग प्रदान गरेको थियो ।

बैंकले देशैभरका आफ्ना १८८ वटा शाखा कार्यालय, १४८ वटा एटीएम र ९७ वटा शाखारहित बैंकिङ इकाईमार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्योति विकास बैंकका ग्राहकलाई काठमाडौँका ४ रेस्टुरेन्टमा छुट

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले काठमाडौँस्थित चार रेस्टुरेन्टहरूमा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने …

प्रतिकृया दिनुहॊस

This will auto close after