संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै रिट लिएर सभामुख पुगे सर्वोच्च

काठमाडौँ । संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा सर्वोच्च अदालत पुगेका छन् । नियुक्ति संविधानविपरीत भएको भन्दै सभामुख सापकोटा आफै रिट निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

उनले सर्वोच्च अदालतको मुद्दा महाशाखामा रिट निवेदन पेस गरेका छन् । रिट निवेदनमा स‌ंवैधानिक परिषद्को पुस ५ गतेको निर्णय र उक्त निर्णयका आधारमा स‌ंवैधानिक आयोगहरुमा भएको नियुक्तिको पनि बदर गर्न सभामुख सापकोटाले माग गरेका छन् ।

सभामुख सापकोटासँगै नेताहरु शशी श्रेष्ठ, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ र रेखा शर्मालगायत पनि अदालत पुगेका थिए ।

संवैधानिक निकायका पदाधिकारीमा सिफारिस गरेका ३२ जनालाई संसदीय सुनुवाइबिनै र अदालतमा मुद्दा विचाराधीन रहेकै अवस्थामा बुधबार शीतलनिवासमा शपथ गराइएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after