Tag Archives: mainnews

इटालीमा ३७ जना डाक्टरको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं । विश्वभर महामाहरीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट इटालीमा ३७ जना चिकित्सकको मृत्यु भएको छ । कोभिड-१९ को नयाँ इपिसेन्टर मानिएको इटालीको संघीय चिकित्सक संघले दिएको जानकारीअनुसार बिहीबार बेलुकासम्म ३७ जना चिकित्सकको मृत्यु भएको हो । इटालीका चिकित्सकहरु  निकै कठिन परिस्थितिसँग सामना गरिरहेका छन् । संक्रमितको संख्या रोकिएको छैन भने संक्रमण झन बढेसँगै इटालीको अवस्था भयावह बनेको छ । इटालीमा कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ हजार …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृत्यु हुनेको संख्या २२ हजार ६५

काठमाडौं ।  विश्वभर महारामारीको रुपमा फैलिरहेको नोबल कोरोना भाइरस कोभिड–१९ का कारण २२ हजार ६५ जनाको मृत्यु भएको छ । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या  इटली, स्पेन ,चीन र इरान  छ । ४ लाख८८  हजार ९१ जना हाल सङ्क्रमित रहेका छन् । हाल नेपालमा पनि ३ जना कोरोना  भाइरस सङ्क्रमित  भेटिएका छन्   भने १ जना निको भएर घर गएका छन् भने २ जना टेकु अस्पताल उपचाररत छन् । त्यसै …

पुरा पढ्नुहॊस »

कोरोना संक्रमणबाट एकैदिन २३ सयको मृत्यु, ४६ हजार बिरामी थपिए

काठमाडौं । कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार २ सय पुगेको छ । गत २४ घण्टामा विश्वभर २ हजार ३ सय ६ जना मृतक थपिएका छन् भने ४६ हजार बढीमा नयाँ संक्रमित देखिएको छ । बुधबार सबैभन्दा बढीको मृत्यु इटालीमा भएको थियो । इटालीमा ६ सय ८३ जनाले ज्यान गुमाएका थिए । इटालीमा बुधार ५ हजार २ सय १० जना नयाँ बिरामी थपिएका थिए । कोरोना भाइरसका सबैभन्दा धेरै …

पुरा पढ्नुहॊस »

कर्जाको साँवा ब्याज असुली चैत मसान्तसम्म स्थगित [निर्णयसहित]

काठमाडौं । बैंक, बीमा, धितोपत्र, कम्पनी दर्ता, ऋण तथा परिचालनको सेवा आंशिक रुपमा सञ्चालन गर्न सकिने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको अध्यक्षतामा बसेको उच्चस्तरीय वित्तीय क्षेत्र व्यवस्थापन समन्वय समितिको बैठकले निश्चित क्षेत्र र शाखाबाट वित्तीय सेवा प्रवाह गर्न सकिने निर्णय गरेको हो । सेवा सञ्चालन हुने शाखाको बारेमा सञ्चार माध्यममार्फत् सर्वसाधारणलाई जानकारी गराउन पनि बैठकले आग्रह गरेको छ । त्यस्तै, बैठकले कर्जाको सावा ब्याज असुली चैत मसान्तसम्म स्थगित …

पुरा पढ्नुहॊस »

कोरोना भाइरस अपडेट : मृतकको संख्या १३ हजार ७०

काठमाडाैँ । कोरोनाका कारण  मृत्यु हुनेको संख्या १३ हजार ७० पुगेको छ । त्यसैेगरी, संक्रमित हुनेको संख्या ३ लाख ८ हजार ५ सय ९५ पुगेको छ । चीन, इटली र त्यसपछि अमेरिकामा सर्वाधिक धेरै संक्रमित देखिएका छन् ।  सर्वाधिक धेरै मृत्यु हुनेको संख्या भने इटली, चीन र ईरानमा छ । इटलीमा ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म यस भाइरसको संक्रमणबाट ३ सय ४८ जनाले …

पुरा पढ्नुहॊस »

लकडाउन गर्ने सरकारको तयारी, प्रधानमन्त्री ओलीले जनतालाई सम्बोधन गर्दै

काठमाडौं ।  कोरोना भाइरसबाट आम जनतालाई सुरक्षित राख्‍न भन्दै सरकारले ‘लक डाउन’ घोषणा गर्नसक्ने  उच्चस्रोतले बताइएको छ । नोबल कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर  पोखरेलले यसअघि नै जतिबेला पनि लक डाउन गर्न सकिने प्रतिक्रिया दिएका थिए । त्यसैगरी,  साँझै ५ बजे प्रधानमन्त्री केपी ओलीले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । संबोधनका क्रममा प्रधानमन्त्रीले विशेष घोषणा पनि गर्ने तयारी गरेका छन् । सरकारले …

पुरा पढ्नुहॊस »

बास्कोटाको राजीनामा स्वीकृत, सञ्चार मन्त्रालयमा खतिवडा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अाज दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरेर सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले सम्हाल्ने गरी जिम्मा लगाएकी छन् । बास्कोटाले सञ्चार र शहरी विकास मन्त्रालयको जिम्मेवारी पनि लिंदै आएका थिए । उनले राजीनामा दिएपछि शहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नेछन् ।

पुरा पढ्नुहॊस »

म्युचुअल फण्डमा जोखिम कम छ : सबिर वादे श्रेष्ठ

  सबिर वादे श्रेष्ठ , सिईओ, नवील ईन्भेष्टमेण्ट बैंकिङ लिं काठमाडौंको नयाँ बजारमा जन्मिएँ । पुर्ख्याैली घर बनेपा हो । प्लस टुसम्मको अध्ययन सेन्ट जेभियर्स स्कूलबाट गरें । प्लस टु सकेपछि १ वर्षका लागि यूके पुगेको थिएँ, सोही क्रममा एउटा कम्पनीमा जुनियर एकाउण्टेनको काम सुरु गरें । सन् २००७ मा सिएसम्बन्धि मल्टीनेशनल कम्पनी बिडीओमा असिष्टेण्ट म्यानेजर भएर काम गर्ने अवसर पाएँ । यो सिएसम्बन्धि विश्वकै दोस्रो ठूलो कम्पनी हो । …

पुरा पढ्नुहॊस »

अपडेट :बाढी, पहिरो र डुबानमा परी हालसम्म ५० को निधन कहाँ के भयो ?

काठमाडौं । अविरल वर्षासँगै आएको बाढी पहिरोमा परी मृत्यु हुनेहरुको संख्या ५०  पुगेको छ ।  प्रहरीका अनुसार  बाढी पहिरोमा परी काठमाडौंमा ३, ललितपुरमा र भोजपुरमा ५/५, ओखलढुंगामा ४, मकवानपुर, बारा, धनुषा र डोल्पामा २/२ ईलाम,खोटाङ, काभ्रे र सिन्धुलीमा ३/३, धादिङ, झापा, उदयपुर, सुनसरी, पर्सा, रौतहट, महोत्तरी, सिराहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १/१  गरी ५० को निधन भएको हो । निधन हुनेमध्ये २२ महिला २८ पुरुष रहेका छन् । बाढी …

पुरा पढ्नुहॊस »