Tag Archives: mainnews

शनिबार कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौँ । अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार तराईका थोरै स्थानहरुमा हल्का कुहिरो र हुस्सु लागेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान फाल्गुन १५ गते (शनिबार) दिउँसो : देशका पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ सहित …

पुरा पढ्नुहॊस »

ओलीद्वारा देव गुरुङलाई हटाएर प्रमुख सचेतकमा विशाल भट्टराई नियुक्त

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएका छन् । ओलीले गुरुङको ठाउँमा विशाल भट्टराईलाई जिम्मेवारी दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । गुरुङ नेकपा प्रचण्ड माधव-समूहमा छन् । ओलीले उनलाई हटाएर आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

पुरा पढ्नुहॊस »

कांग्रेस नेता नवीन्द्रराज जोशीलाई मस्तिष्कघात

काठमाडौं । पूर्व उद्याेगमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीलाई मस्तिष्कघात भएको छ । जोशीको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको र डाक्टरहरुले अवस्था गम्भीर रहेको जानकारी दिएको अस्पतालमै रहेका जोशीका दाजु राजुराज जोशीले जानकारी दिए । नर्भिकमा शुक्रबार विहान सानो शल्यक्रिया गरिएको त्यो सफल भएपनि अझै तीन चार दिन स्वास्स्थ्य अवस्था स्थिर रहेमा मात्र थप अवस्थाबारे भन्न सकिने उपचारमा संलग्न डा. राजिव झाले बताएको जोशीले जानकारी दिए । गएराती …

पुरा पढ्नुहॊस »

काठमाडौंमा फेरि बर्डफ्लू, १२ हजारभन्दा धेरै कुखुरा नष्ट

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिकामा फेरि बर्डफ्लू भेटिएको छ । नगरपालिकाको वडा नम्बर १ साङ्लाफाँटका कुखुरा फार्ममा बर्डफ्लू पुष्टि भएको हो । बर्डफ्लू पुष्टि भएपछि त्यहाँ बिहीबार एकैदिन साढे १२ हजारभन्दा धेरै कुखुरा नष्ट गरिएको पशु सेवा विभागका प्रवक्ता डाक्टर चन्द्रमणि ढकालले जानकारी दिए । ‘अहिले केन्द्रीय बर्डफ्लु समन्वय समितिको बैठक बसिरहेको छ,’ उनले भने, ‘केही समयपछि विस्तृत जानकारी सार्वजनिक गछौं ।’ यस अघि पनि गत माघमा तारकेश्वर नगरपालिकामा बर्डफ्लू …

पुरा पढ्नुहॊस »

चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

काठमाडौँ । नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला दुई छिमेकी मुलुक चीन र भारतका राजदूतले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्राले सभापति देउवालँई भेटेका हुन् । सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै उनीहरुको सक्रियता बढेको हो । देउवासँग बुढानिलकण्ठमा भएको भेटका क्रममा दुई छिमेकी राजदूतले देशमा विकसित …

पुरा पढ्नुहॊस »

शुक्रबार कुन प्रदेशको मौसम कस्तो ?

काठमाडौँ । अहिले प्रदेश नं १ का पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बागमती प्रदेश तथा गण्डकी प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने अन्य भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । तराईका थोरै भू-भागहरूमा हुस्सु, कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ । यस्तो छ तीन दिनको पूर्वानुमान फाल्गुन १४ गते (शुक्रबार) दिउँसो : प्रदेश नं …

पुरा पढ्नुहॊस »

अब कस्तो बन्ला सत्ता समीकरण ?

काठमाडौँ । प्रतिनिधिसभा विघटनको निर्णय बदरपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिन्छन् कि अध्यादेश ल्याएर अलग पार्टी बनाउँछन् ? नेकपाको औपचारिक विभाजन कसरी हुन्छ ? नेकपाको प्रचण्ड–नेपाल समूहले गठबन्धन बनाउन कस्तो कसरत गर्लान्  ? यसबारे सर्वत्र चासो र चर्चा छ । सर्वोच्च अदालतको निर्णयसँगै सत्ता समीकरणको अड्कल पनि हुन थालेको छ । सर्वोच्चको आदेशअनुसार १३ दिनभित्रै प्रतिनिधिसभाको बैठक बस्नेछ । तर त्यसभन्दा अघिदेखि नै अब नयाँ राजनीतिक घटनाक्रमबारे छलफल र नयाँ सरकार गठनको सम्भावना …

पुरा पढ्नुहॊस »

प्रधानमन्त्रीलाई बाबुरामकाे प्रश्न- अब सत्तामा बस्ने नैतिक अधिकार कसरी रहन्छ ?

काठमाडौँ । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको नैतिक अधिकारमाथि प्रश्न उठाएका छन् । प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित कार्यक्रममा अदालतले विघटित संसद पुनःस्थापना गरे आफूहरुले आन्दोलन गर्ने बताएका थिए । यही अभिव्यक्तिलाई लिएर डा. भट्टराईले उनीमाथि प्रश्न उठाएका हुन् । सामाजिक सन्जाल ट्विटरमार्फत डा. भट्टराईले ‘देशको प्रमले नै ‘कुनै सेटिङ–फेटिङ भएर संसद विघटन सदर भएन भने आन्दोलनको विकल्प छैन’ भन्छन् भने त्यस्ता …

पुरा पढ्नुहॊस »

भारतबाट कोभिडविरुद्धको १० लाख डोज खोप आइपुग्दै

काठमाडौँ । कोभिड-१९ विरुद्धको ‘कोभिसिल्ड’ खोप १० लाख डोज आज काठमाडौं आइपुग्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार भारतको नयाँदिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख डोज खोप काठमाडौं आउन थालेको हाे । यही फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इन्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन थालेको उनले बताए । यसअघि, गएको माघ ८ …

पुरा पढ्नुहॊस »

भागरथीका आफन्तले भने- बलात्कारी नभेटेसम्म शव बुझ्दैनौं

काठमाडाैँ । बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका किशोर दिनेश भट्टलाई पक्राउ गरी सार्वजनिक गर्‍यो । सो क्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डिआइजी) उत्तमराज सुवेदीले विभिन्न कोणबाट गरेको अनुन्धानबाट अभियुक्त समात्न सफल भएको बताए । ‘अनुसन्धान शुरु गरेदेखि नै ती व्यक्ति निगरानीमा थिए, सोधपुछ गर्दै जाँदा अन्तिममा उसले अपराध स्वीकार गरेको छ’, उनले भने, ‘आरोपितको बारम्बारको बयान …

पुरा पढ्नुहॊस »
This will auto close after