भाडा बढी नअसुल्न निर्देशन दिइसके : मन्त्री पाण्डे

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हवाई भाडाको अनियन्त्रित मूल्यवृद्धिलाई तत्काल नियमन गरी सर्वसुलभ बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेसमक्ष माग गरेको छ ।

अनेरास्ववियुका कार्यबाहक अध्यक्ष गोविन्द गिरीको संयोजकत्वको टोलीले सिंहदरबारस्थित मन्त्रालयमा मन्त्री पाण्डेको ज्ञापनपत्रमार्फत ध्यानाकर्षण गराएको हो ।

‘भर्खरै मात्र अविरल वर्षाले नेपाल देशभर मुख्य तथा सहायक राजमार्ग बाढीपहिरोका कारण अवरुद्ध भएको मौकामा एक्कासी हवाई यात्राको मूल्यको चरम वृद्धि हुँदा आम जनता प्रत्यक्ष मारमा परेका छन्, जसको गुनासो सामाजिक सञ्जालमा र सञ्चार माध्यमबाट समेत प्रकट भइरहेको छ’ ज्ञापनपत्रमा भनिएको छ।

ज्ञापनपत्र बुझ्दै मन्त्री पाण्डेले आफ्नो ध्यानाकर्षण भएको बताएका छन् । उनले चाडपर्व र यस्तो विपद्का बेलामा बढी भाडा नअसुल्न निर्देशन दिइसकिएको बताए । उनले जुनसुकै हालतमा पनि भाडा बढाउन नदिइने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

earthquake_1-1024x576-1/पाँच सय वर्षदेखि जोगिएको पश्चिम नेपाल महाभूकम्पको जोखिममा

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्प गएको छ । २ बजेर २१ मिनेट …

प्रतिकृया दिनुहॊस

This will auto close after