अभिनेता बिराज भट्ट निर्देशित फिल्म ‘१२ गाउँ’को ट्रेलर सार्वजनिक

काठमाडौं । अभिनेता विराज भट्टाको निर्देशनमा रहेको नेपाली चलचित्र ‘१२ गाउँ’ को ट्रेलर सार्वजनिक भएको छ ।

ट्रेलरमा एक्सनलाई बढी प्राथमिकता दिएको छ । यसमा लडाई वनमा बस्ने मानिसहरूसँग पनि गरिएको देख्न सकिन्छ । मंगलबार युट्युबमार्फत् सार्वजनिक ‘१२ गाउँ’ को ट्रेलर ३ मिनेट १४ सेकेण्ड एक्सनले भरिएको छ । विराज भट्ट र समीर भट्ट दुवै एक्सन अवतारमा प्रस्तुत गरेका छन् ।

१२ गाउँ भन्ने ठाउँमा आधिपत्य जमाएर बसेको अत्याचारी पात्रको साम्राज्य ध्वस्त पार्न विराज र समीरले गरेको संघर्षको कथावस्तु ट्रेलरले प्रष्ट पारेको छ । विराजलाई बाघको रुपमा चित्रित गरिएको छ । एक्सनप्रति रुचि हुने दर्शकलाई फिल्मले आकर्षित गर्न सक्ने देखिन्छ ।

उक्त चलचित्रमा विराज, समीर, न्यान्सी र सनिशाका अलवा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के, कृष्ण भट्ट, सोनु चन्द्रपाल, कालु राना, अर्जुन जंग शाही, भिष्म जोशी, शुलेमान शंकर (इकु), तारा शर्मा, किशोर भट्ट, सन्तोष सरकार र स्टन्ट शिल्भाको अभिनय रहनेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रानी शाक्यको स्वरमा ‘देउन साथ’

काठमाडौं । रानी शाक्यको स्वरमा रहेको गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । नारायण बाबुको …

प्रतिकृया दिनुहॊस

This will auto close after