Tag Archives: mainnews

नेपालमा थप ४७६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज थप ४७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज सोमबार थप ४७६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १३ हजार २ सय ४८ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३ हजार  १ सय ३४ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

रौतहटका कोरोना संक्रमितको ललितपुरमा मृत्यु

काठमाडौं । ललितपुरको सानेपास्थित स्टार अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएका उनको त्यही राती मृत्यु भएको थियो । उनको पीसीआर रिपोर्ट भने आइबार साँझ मात्रै प्राप्त भएको हो । अस्पतालका प्रबन्ध निर्देशक डा. शैल रुपाखेतीका अनुसार उनको छातीमा गम्भीर संक्रमण देखिएको थियो । रौतहटका ३० वर्षीय ती युवकको छातीमा गम्भीर समस्या देखिएको थियो । शव डिस्इन्फेक्ट …

पुरा पढ्नुहॊस »

आज असार १५ अर्थात् दही चिउरा खाने दिन

काठमाडौं । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही-चिउरा खाएर मनाइँदैछ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ । …

पुरा पढ्नुहॊस »

कोरोना अपडेट : विश्वभर ५ लाख ४ हजारको मृत्यु, १ करोड २४ लाखबढी संक्रमित

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ५५ लाख ५३ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५५ लाख ५३ हजार १ सय ७ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर …

पुरा पढ्नुहॊस »

कोरोना कहर : विश्वभर मृत्यु हुनेको संख्या ५ लाख नाघ्यो

काठमाडौं । विश्वभर महारामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट विश्वरभर मृत्यु हुनेको संख्या ५ लाख १ हजार ८ सय ७४  जना पुगेको छ भने  १ करोड १ लाख ९  हजार ८ सय ९४  जना सङ्क्रमित रहेका छन् । त्यसैगरि ५४  लाख ८२  हजार २  जना निको भएका छन् । सर्वाधिक धेरै मृत्यु हुनेको संख्या क्रमश अमेरिका , ब्राजिल,बेलायत र इटली छ । अमेरिकामा हालसम्म १ लाख २८  हजार …

पुरा पढ्नुहॊस »

नेपालमा थप ४६३ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुग्यो

काठमाडौं । नेपालमा आज थप ४६३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज आइतबार थप ४६३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७ सय ७२ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २८ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये ३ हजार १३  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

कोरोजा अपडेट : विश्वभर कोरोना संक्रमितको संख्या १ करोड नाघ्यो, ५ लाख बढीको मृत्यु

काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित हुनेको संख्या १ करोड नाघेको छ । कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार बिहानसम्म विश्वभर संक्रमितको संख्या १ करोड ७५ हजार १११ पुगेको हो । चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख ६२६ छ भने हालसम्म ५४ लाख ५३ हजार २४७ जना निको भएका छन् । …

पुरा पढ्नुहॊस »

यी प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं । नेपालमा केहि दिनयता मनसुन सक्रिय बनेको छ । जसका कारण केहि दिनयता देशका धेरै भू-भागमा बर्षा भइरहेको छ । आज पनि देशका धेरै स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो धेरै ठाउँमा हल्कादेखि मध्यमसम्म वर्षा हुनेछ भने प्रदेश १, २, वागमती, गण्डकी र प्रदेश ५ का केहि स्थानमा भारी वर्षाको सम्भावना छ । यस्तो छ तीन दिनको पूर्वानुमान :- असार …

पुरा पढ्नुहॊस »

थप ४२६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ८ हजार नाघ्यो

काठमाडौं । नेपालमा आज थप ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज  शुक्रबार थप ४२६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ८ हजार   २ सय ७४ जना पुगेको छ भने हालसम्म मृत्यु हुनेको संख्या २२ जना पुगेको छ । त्यसैगरि, हालसम्म कोरोना संक्रमितमध्ये १ हजार ४ सय २  जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

पुरा पढ्नुहॊस »

स्याङजाका २२ सहित गण्डकी प्रदेशमा थपिए ३७ जना संक्रमित

काठमाडौं । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शुक्रबार विहान दिएको अपडेट अनुसार गण्डकी प्रदेशका चार जिल्लाका ३७ जनामा कोरोना पोजेटिभ देखिएको हो । नयाँ संक्रमितमा स्याङजा जिल्लाका २२ जना रहेका छन् भने पर्वत जिल्लाका १३ जना रहेका छन् । त्यस्तै तनहुँ र नवलपुरका एक एक जना रहेको स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । योसँगै गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १८८ पुगेको …

पुरा पढ्नुहॊस »