चिनियाँ र भारतीय राजदूतले भेटे देउवालाई

काठमाडौँ । नयाँ सरकार गठनको चर्चा चलिरहेका बेला दुई छिमेकी मुलुक चीन र भारतका राजदूतले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् । नयाँ राजनीतिक घटनाक्रम विकास भएसँगै चीनकी राजदूत होउ यान्छी र भारतका राजदूत विनय मोहन क्वात्राले सभापति देउवालँई भेटेका हुन् ।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै उनीहरुको सक्रियता बढेको हो । देउवासँग बुढानिलकण्ठमा भएको भेटका क्रममा दुई छिमेकी राजदूतले देशमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिएको बताइन्छ ।

संसद विघटन गर्ने सरकारको कदमलाई सर्वोच्चले फागुन ११ गते बदर गरिदिएपछि अहिले कांग्रेस सभापति देउवासँग भेटघाट गर्नेहरूको संख्या बढेको छ । यसअघि अब संसदमा गएर सहकार्य गर्नु पर्छ भन्दै पुष्पकमल दाहाल र माधव नेपाल पनि देउवा निवास पुगेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झ्याप्ले खोलामा मर्मतपछि सडक दुई तर्फी सुचारु

काठमाडौँ । धादिङको झ्याप्ले खोलामा पहिरोले बिग्रेको सडक खुलेको छ । १२ बजेदेखि नै बन्द …

प्रतिकृया दिनुहॊस

This will auto close after