Tag Archives: featured

हुन्डाईको कोना ईभी ५० प्रतिशत डाउन पेमेन्ट र शून्य ब्याजदरमा पाइने

काठमाडौं । हुन्डाईको विद्युतीय गाडी (ईभी) कोना शून्य प्रतिशत ब्याजदरमा खरिद गर्न सकिने भएको छ । नेपालका निम्ति हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले शून्य प्रतिशत ब्याजदर योजना सार्वजनिक गरेको हो । हुन्डाईले कोनामा ‘जेरो एमिसन, जेरो इन्ट्रेन्स्ट’ योजना सार्वजनिक गरेको जनाएको छ । योसँगै ग्राहकले शून्य ब्याजदरमा पाँच वर्षका निम्ति ५० प्रतिशत डाउनपेमेन्ट गरी कोना खरिद गर्न सकिने भएको हो । उत्कृष्ट डिजाइन, पफर्मेन्स र विश्वसनीयताका साथै हुन्डाईले प्रतिस्पर्धी विद्युतीय …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक बन्यो नास आईटीको दिगो साझेदार

ललितपुर । नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले ग्लोबल आईएमई बैंकलाई दिगो साझेदारको रूपमा घोषणा गरेको छ। यस साझेदारी मार्फत ग्लोबल आईएमई बैंकले नास आईटी सदस्य कम्पनीहरूद्वारा विकसित नवीनतम प्रोडक्टहरू र सफ्टवेयरहरूको पहुँच प्राप्त गर्नेछ। नास आईटीमार्फत बैंकको डिजिटल बैंकिंङ र आईटी टोलीले प्राविधिक प्रगति सम्बन्धित सल्लाहहरू प्राप्त गर्नेछन्। नास आईटी सदस्य कम्पनीहरूले बैंकबाट अनुकूलित वित्तीय सोलुसनहरू र विशेष सेवा प्राप्त गर्नेछन्। ग्लोबल आईएमई बैंक …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज बेलायती पाउण्डको खरिद र बिक्री दरले १७० रुपैयाँ पार गरेको छ । आज अमेरिकी डलर र कतारी रियालको मूल्य घट्दा यूरो र बेलायती पाउण्डको विनिमय दर बढेको हो । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३० पैसा र बिक्री दर १३३ रुपैयाँ ९० पैसा पुगेको छ । युरो एकको खरिद दर …

पुरा पढ्नुहॊस »

काठमाडौं महानगरका सामुदायिक विद्यालयले नेपाल बैंकबाट छुटसहितको बैंकिङ सेवा पाउने

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र काठमाडौं महानगरपालिका बीच बैंकिंङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ। मंगलबार भएको सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेय र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारले हस्ताक्षर गरेका छन्। सम्झौताबमोजिम काठमाडौं महानगरपालिकाअन्तर्गतका सामुदायिक विद्यालयहरुलाई बैंकले विशेष छुटसहितको बैंकिङ सेवा उपलब्ध गराउने एवं सामुदायिक विद्यालयहरुमा कार्यरत सम्पूर्ण स्थायी, करार, आंशिक तथा ज्यालादारी/प्राविधिक शिक्षक/कर्मचारीहरूले नेपाल बैंकको सबै शाखाबाट छुटसहित आकर्षक बैंकिंङ …

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंकको १ लाख कित्ता सेयर लिलामीमा, कसले दिन पाउँछन् आवेदन ?

काठमाडौं । कामना सेवा विकास बैंकको एक लाख कित्ता सेयर लिलामीमा राखिएको छ। बैंकले १ लाख ४ हजार ८८ कित्ता संस्थापक सेयर लिलामीमा राखेको हो। बैंकले पहिलो पटक संस्थापक सेयरधनीबाटै खरिदका लागि आवेदन माग गरेको छ। संस्थापक सेयरधनीबाट आवेदन नपरेको खण्डमा भने बैंकले दोस्रो पटक सूचना जारी गर्दै सर्वसाधारणबाट आवेदन माग गर्ने जनाएको छ। इच्छुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बानेश्वरमा आवेदन दिनुपर्नेछ। सूचनामा सेयरमूल्य भने खुलाइएको छैन।

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंक र भूमि डेभलपर्सबीच हरित आवास कर्जासम्बन्धी समझदारी

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेड र भूमि डेभलपर्स प्रालि तथा प्यासिफिक डेभलपर्स प्रालिबीच हरित आवास कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। उक्त समझदारी अनुसार बैंकले ललितपुर जिल्ला, गोदावरी नगरपालिका वडा नम्बर ३, किटिनीस्थित भूमि डेभलपर्स तथा प्यासिफिक डेभलपर्सले निर्माण गर्ने वातावरण मैत्री आवासीय घर खरिदकर्ताहरुलाई सहज रुपमा कर्जा प्रवाह गर्नेछ। बैंकले भूमि तथा प्यासिफिक डेभलपर्स प्रालिले बिक्री गर्ने वातावरण मैत्री आवासीय घरहरु खरिद गर्न चाहने …

पुरा पढ्नुहॊस »

स्काईवाक टावरमा भिभो वाई २८ सार्वजनिक

काठमाडौँ । भिभोले आफ्नो वाई शृंखलाको ‘भिभो वाई २८’ काठमाडौँको कमलादीस्थित २५६ फिट उचाईमा रहेका स्काइवाक टावरमा प्रमुख मिडियाहरूको उपस्थितिमा सार्वजनिक गरेको छ । ७.९९ मिमि अल्ट्रा–स्लिम बडीमा ६००० एमएएच पावरफुल ब्याट्रीको साथ भिभोले स्मार्टफोन डिजाइनलाई पुन: परिभाषित गरेको छ । भिभो वाई २८, दुई रङ ग्लीेमिङ ओरेञ्ज र एगेट ग्रीन कलर भेरियन्टमा उपलब्ध हुनेछ । यसको सौन्दर्यलाई अझ बढाउन यस्मा मेटालिक हाई–ग्लोस फ्रेम र अद्वितीय रूपमा निर्मित रियर क्यामेरा …

पुरा पढ्नुहॊस »

नेपाल लाइफले २१ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सको २३औँ र २४औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईको अध्यक्षतामा असार १८ गते होटल भिष्वा, वीरगन्ज, पर्सामा उक्त सभा सम्पन्न भएको हो । यस अवसरमा सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत भएका आ.व २०७८/७९ र आ.व २०७९/८० को वार्षिक कार्य प्रगति प्रतिवेदनहरू छलफल गरि पारित गरिएको छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व २०७८र७९ र आ.व २०७९/८० को वासलात, …

पुरा पढ्नुहॊस »

सैदी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । प्रतिशेयर १०० रूपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गरिने जनाइएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका तर्फबाट …

पुरा पढ्नुहॊस »

हिमालयन लघुवित्तको सीईओमा दोहोरिए विनोद आचार्य

काठमाडौं । हिमालयन बैंकको सहायक कम्पनी हिमालयन लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुन: विनोद आचार्य नियुक्त भएका छन्। कम्पनीको सञ्चालक समितिको २२७औँ बैठकले आचार्यलाई साउन १ देखि लागू हुने गरी सीईओमा नियुक्त गरेको हो। उनको कार्यकाल असार मसान्तसम्म सकिँदै थियो। कार्यकाल सकिने भएपछि कम्पनीले आचार्यको नियुक्ति पुन: दोहोर्याएको हो। उनको कार्यकाल ४ वर्षको हुने कम्पनीले जनाएको छ।  

पुरा पढ्नुहॊस »