सैदी पावर कम्पनीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाडौं । सैदी पावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा सर्वसाधारणहरूमा आईपीओ निष्कासन गर्न लागेको हो । त्यसका लागि कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

प्रतिशेयर १०० रूपैयाँ अंकित दरको एक लाख ७० हजार ४९ कित्ता साधारण सेयर निष्कासन गरिने जनाइएको छ । सम्झौतापत्रमा कम्पनीका तर्फबाट सञ्चालक समितिका अध्यक्ष कुशल थापा र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

सैदी पावरले कास्की जिल्लामा अवस्थित सैती खोलाको पानी सदुपयोग गरी ९९९ किलोवाट क्षमताको लघुजलविद्युत् आयोजना निर्माण गरी २०७९ सालबाट व्यावसायिक विद्युत् उत्पादन गरी आयोजना सञ्चालनमा रहेको छ ।

यस आयोजनाबाट उत्पादित विद्युत् शक्ति हेम्जा बास्कोट सवस्टेशनमा जडान गरी बिक्री कार्य भइरहेको छ । आगामी दिनमा यस कम्पनीले अन्य आयोजनामा समेत लगानी गरी अगाडि बढ्ने योजना रहेको जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य …

प्रतिकृया दिनुहॊस