Tag Archives: featured

सीजीले सार्वजनिक गर्‍यो नथिङको सीएमएफ फोन, बड्स र वाच, यस्तो छ मूल्य र फिचर

काठमाडौं । सीजी मोबाइल्सलले नेपालमा नथिङ ब्रान्डका नयाँ उत्पादन सार्वजनिक गरेको छ । जसमा नथिङ सीएमएफ फोन १, सीएमएफ बड्स प्रो २ र सीएमएफ वाच प्रो २ रहेको छ । कम्पनीले सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै यी नयाँ उत्पादन सार्वजनिक गरेको हो । सीएमएफ फोन १ मा मिडियाटेक डाइमेन्सिटी ७३०० फाईभजी चिप छ । फोनमा ५० मेगापिक्सेलको मुख्य र १६ मेगापिक्सेलको सेल्फी क्यामेरा छ । आठ जीबी र्‍यामलाई आठ …

पुरा पढ्नुहॊस »

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आइतबार प्रतितोला १ लाख ४५ हजार ४ सयमा कारोबार भएको छापावाला सुन आज १ लाख ४५ हजारमा कारोबारका निम्ति मूल्य निर्धारण भएको छ । आइतबार प्रतितोल १ लाख ४४ हजार ७ सयमा कारोबार भएको तेजाबी सुनको भाउ आज १ लाख ४४ हजार ३ कायम भएको छ । महासङ्घले चाँदीको मूल्य आज …

पुरा पढ्नुहॊस »

ज्योति विकासको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा पदोन्नति

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले बैंकको रिक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत र सहायक महाप्रबन्धक पदमा आन्तरिक प्रतियोगितात्मक परीक्षाबाट पदोन्नति गरेको छ। बैंकले २०८१ साउन १ गते बाट लागु हुने गरि बैंकको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत पदमा प्रकाश बराल र सहायक महाप्रबन्धक पदमा बलदेव थापालाई पदोन्नति गर्ने निर्णय गरेको हो। बैंकिङ क्षेत्रको उच्च व्यवस्थापन तहमा १५ वर्ष भन्दा बढीको अनुभव बोकेका नव-नियुक्त वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत बराल …

पुरा पढ्नुहॊस »

प्रभु बैंक र टी३ थकालीबीच छुट सम्झौता

काठमाडौं । प्रभु बैंक र टी३ थकाली एन्ड मल्टी फुड ग्यालरीबीच छुटसम्बन्धी सम्झौता भएको छ । प्रभु बैंकका कर्मचारी र ग्राहकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलनजिक रहेको टी३ ले आफ्ना सेवामा छुट दिने सम्झौता गरिएको हो । उक्त सम्झौतापत्रमा प्रभु बैंकका वाग्मती प्रदेश प्रमुख अधिकृत विकास शर्मा गुरागाईं र टी३ थकाली ग्रुपका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत विवेक तुलाचनले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार, प्रभु बैंकका कर्मचारी र ग्राहकले बैंकसँगको आबद्धता प्रमाणका …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकले गर्‍यो कागेश्वरी मनोहरा नगरपालिकामा सेवा विस्तार

काठमाडौं । लक्ष्मी सनराइज बैंकले काठमाडौं जिल्लाको कागेश्वरी मनोहरामा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ। काठमाडौं जिल्लाको बौद्धमा रहेका २ शाखामध्ये गोकर्णेश्वर नगरपालिका वडा न.६ स्थित शाखा कागेश्वरी मनोहरा नगरपालिका वडा न.५ को थलीमा स्थानान्तरण गरिएको छ। स्थानान्तरण गरिएको साविकको बौद्ध शाखाका ग्राहकहरुले सोही ठाउँमा रहेको बौद्व पिपलबोटको शाखा (हालको स्थान बाट ४०० मिटर) मार्फत सेवा लिन सकिने बै‌कले जनाएको छ। स्थानान्तरण भएसँगै लक्ष्मी सनराइज बैंकले आफ्नो सेवा …

पुरा पढ्नुहॊस »

मनकामना केबुलकारको स्तरोन्नति गरिने

काठमाडौँ । मनकामना केबुलकारको स्तरोन्नति हुने भएको छ । आइतबार कम्पनीले एक विज्ञप्ति जारी गर्दै समय सापेक्ष अनुसार केबुलकारको स्तरोन्नति गर्न लागिएको जनाएको हो । कम्पनीले २६ वर्ष अगाडि जडित यस प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको भन्दै हाल निर्माता कम्पनीले समेत यसका पार्टपुर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा स्तरोन्नति गर्न लागिएको जनाएको छ । ‘हाम्रो प्रविधि (Analogue) एनालोगमा आधारित प्रविधि हो र …

पुरा पढ्नुहॊस »

आइतबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ हजार रुपैयाँले बढेको हो । शुक्रबार १ लाख ४४ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ४५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकका ग्राहकलाई हेयर एन्ड शान्ति ब्युटीपार्लरमा १० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र काठमाडौंको कमलादीस्थित हेयर एन्ड शान्ति ब्युटीपार्लरबीच छुट सम्झौता भएको छ । बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको हो । सम्झौताअनुसार बैंकका ग्राहकले हेयर एन्ड शान्ति ब्युटीपार्लरका सबै शाखामा बैंक कार्ड तथा मोबाइल बैंकिङ सेवाबाट भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटलमा जान पनि प्रेरित गर्ने विश्वास बैंकले लिएको छ …

पुरा पढ्नुहॊस »

शुक्रबार बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । शुक्रबार सुनको मुल्य तोलामा एक सयले बढेर तोलाको १ लाख ४४ हजार ४ सयमा कारोबार भएको छ । यस अघि विहिबार छापावाल सुन प्रतितोला एक लाख ४४ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४३ हजार ७ सयमा खरिदबिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै आज चाँदीको मूल्यमा …

पुरा पढ्नुहॊस »

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको अनुरोध

काठमाडौँ । गतिशील बैंकिङ्गको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ । बैंकका ग्राहक महानुभावहरूको खाताबाट गरिएको करकट्टीको विवरण “आयकर ऐन २०५८” बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले ग्राहक महानुभावहरूले बैंकको पोर्टल या मोबाइल बैंकिङमार्फत आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न बैंकले आग्रह गरेको छ । ग्राहकले आफूलाई पायक पर्ने …

पुरा पढ्नुहॊस »