Tag Archives: featured

‘ढुक ढुक हैन, ढुक्क होऔँ’ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘ढुक ढुक हैन, ढुक्क होऔँ, प्रभु महालक्ष्मीबाटै जीवन बिमा गरौं’ भन्ने ब्राण्डिङ क्याम्पियन थालेको छ । साविकका प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स आपसमा गाभिएको केही समयपछि कम्पनीले उक्त क्याम्पियन सुरु गरेको हो । “जीवनमा हरपल हुनसक्ने आर्थिक अनिश्चितताको ढुक ढुकलाई जीवन बिमामार्फत प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले ढुक्क हुने परिस्थिति सिर्जना गर्छ,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यही यथार्थलाई विज्ञापनको …

पुरा पढ्नुहॊस »

कर्जा ग्राहकलाई एनआईसी एसियाले यस्तो छुट प्रदान गर्ने

काठमाडौं । एनआईसी एसिया बैंकले २०८० चैत मसान्तसम्मको म्याद नाघेको कर्जा यही असारभित्र तिर्ने ऋणीलाई विभिन्न छुट प्रदान गर्ने भएको छ। यसअनुसार चैतमा भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम यही असारभित्र भुक्तान गरेमा जरिवाना तथा हर्जना रकममा शतप्रतिशत छुट पाउनेछन्। त्यसैगरी साधारण बक्यौता ब्याज रकममा समेत भाखा नाघेको समयानुसार छुट पाउने बैंकले जनाएको छ। यसअनुसार ९१ दिनदेखि १८० दिन भाखा नाघेकामा १५ प्रतिशत, १८१ देखि ३६५ दिन …

पुरा पढ्नुहॊस »

होटल हिमालयमा प्रभु बैंकका ग्राहकले छुट पाउने

काठमाडौं । प्रभु बैंकका कर्मचारी तथा ग्राहकहरुलाई ललितपुरकाे कुपण्डोलमा अवस्थित होटल हिमालयमा विभिन्न सेवामा विशेष छुट दिने सम्झौता भएको छ। एक समारोहका बीच सम्पन्न सम्झौतामा प्रभु बैंकका तर्फबाट चिफ मार्केटिङ अफिसर रविन्द्र ढकाल र बजार व्यवस्थापक सविन राणा तथा होटल हिमालयको तर्फबाट बिक्री प्रबन्धक भुपेश लेखकले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार प्रभु बैंक लिका कर्मचारी तथा ग्राहकहरुले बैंकसँगको आबद्धता प्रमाणका आधारमा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरुमा विशेष छुट प्राप्त …

पुरा पढ्नुहॊस »

धितोपत्र बोर्ड कर्मचारी युनियनको अध्यक्षमा ढुंगाना

काठमाडौं । नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको नयाँ कार्यसमिति गठन भएको छ । नयाँ कार्यसमितिको अध्यक्षमा अजय ढुंगाना चयन भएका छन् । गत शुक्रबार सम्पन्न अधिवेशनले ढुंगानाको अध्यक्षतामा नौजनाको कार्यसमिति आगामी दुई वर्षका लागि चयन गरेको हो । कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष गौरव विष्ट र एलिजा फुयाँल, सचिवमा नमुना जोशी तथा कोषाध्यक्षमा गौरव बराल चयन भएका छन् । सदस्यमा विनोद महर्जन, प्रशान्त राई, सुदीप घिमिरे र रवीन्द्रदेव भट्ट चयन भएका छन् …

पुरा पढ्नुहॊस »

साझा यातायातले रद्द गर्‍यो विद्युतीय माइक्रो र स्कुटर खरिद

काठमाडौं । साझा यातायात सहकारीले प्रस्तावित विद्युतीय माइक्रोबस र विद्युतीय स्कुटर खरिद रद्द गरेको छ। गत जेठ २८ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै ती सवारीसाधन खरिद गर्नलागेको जनाएको थियो। तर सोमबार गोरखापत्रमै एक सूचनामार्फत उक्त बोलपत्रसम्बन्धी सबै प्रक्रिया विशेष कारणवश रद्द गरिएको कम्पनीले उल्लेख गरेको छ। साझाले २५ वटा विद्युतीय माइक्रो खरिद गर्ने जनाएको थियो। त्यस्तै कार्यालय प्रयोजनका लागि पाँचवटा विद्युतीय स्कुटर पनि खरिद गर्ने भन्दै बोलपत्र आह्वान गरेकोमा हाल …

पुरा पढ्नुहॊस »

ग्लोबल बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकका २३३ वटा शाखा कार्यालयमार्फत एकसाथ वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय पहुँचबाट बाहिर रहेका विभिन्न लक्षित वर्गहरू पहिचान गरी वित्तीय साक्षरता कार्यक्रम आयोजना गरिएको हो । बैंकका अनुसार सातवटै प्रदेशअन्तर्गत आयोजना गरेका कार्यक्रमहरूमा ३५ हजार भन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमीहरू, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरू, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीय युवा–युवतीहरूको सहभागिता …

पुरा पढ्नुहॊस »

सोमबार पनि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर छ । आइतबार प्रतितोला १ लाख ४२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ सय रुपैयाँले बढेको हो । प्रतितोला छापावाला सुन १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुन प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । चाँदीको मूल्य भने स्थिर …

पुरा पढ्नुहॊस »

एनआईसी एसियाले सुरु गर्‍यो मास्टरकार्ड, भारत र भुटानबाट पनि पैसा झिक्न मिल्ने

काठमाडौं । एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउने भएको छ। सोही उद्देश्यका साथ बैंकले मास्टरकार्ड इस्युएन्स सेवा सञ्चालनमा ल्याएको हो। आइतबार पोखरामा विशेष कार्यक्रमका साथ बैंकले कार्ड इस्युएन्स सेवाको शुभारम्भ गरेको जनाएको छ। डेबिट कार्डको रुपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयहरुबाट ग्राहकले पाउन सक्नेछन्। बैंकका अनुसार यसमा अत्याधुनिक सुरक्षा प्रविधि तथा अत्याधुनिक कन्ट्याक्टलेस प्रविधि समेत प्रयोग गरिएको छ। कार्डमार्फत ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएम विथड्रलको …

पुरा पढ्नुहॊस »

नेपाल सुनचाँदी व्यवसायी महासङ्घमा रसाइली

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको केन्द्रीय अध्यक्षमा अर्जुन रसाइली निर्वाचित भएका छन् । काठमाडौँमा सम्पन्न महाङ्घको चौथो महाधिवेशनबाट प्रतिस्पर्धी विपेन्द्रबहादुर रामुदामलाई पछि पार्दै उहाँ अध्यक्षमा निर्वाचित भएका हुन् । रसाइलीले दुई सय ५० मत प्राप्त गर्दा प्रतिस्पर्धी रामुदामुले एक सय ८४ मत प्राप्त गरे । महासङ्घको वरिष्ठ उपाध्यक्षमा दियेशरत्न शाक्य र उपाध्यक्षहरुमा धर्मसुन्दर बज्राचार्य, वुद्धिबहादुर विक दियाली, रुपदल विश्वकर्मा विजयी भए । यस्तै, महासचिवमा किरणभाई बज्राचार्य, कोषाध्यक्षमा सुदीप श्रेष्ठ, …

पुरा पढ्नुहॊस »

प्रभु बैंकले ल्यायो भिजा बिजनेस डेबिट कार्ड, ग्राहकले लिनसक्छन् यस्ता फाइदा

काठमाडौं । प्रभु बैंक लिमिटेडले भिजा इन्टरनेसनलसँगको सहकार्यमा नवीनतम सुविधासहितको प्रभु बिजनेस डेबिट कार्ड सेवा सञ्चालनमा ल्याएको छ। एक समारोहका बीच उक्त सेवा आजदेखि सञ्चालनमा ल्याएको हो। प्रभु बिजनेस डेबिट कार्ड सेवा अन्तर्राष्ट्रिय रुपमै व्यावसायिक कारोबारको सरल र सुरक्षित विद्युतीय भुक्तानीको माध्यम मानिने बैंकले जनाएको छ। ‘यो प्रभु बिजनेस डेबिट कार्ड प्रभु बैंकमा चल्ती खाता खोली कारोबार गर्ने/गरिरहेका खाताधनीहरुलाई लक्षित गरी डेबिट कार्डसम्बन्धी सुविधा उपलब्ध गराउने अभिप्रायले यो सेवाको थालनी …

पुरा पढ्नुहॊस »