Tag Archives: featured

दयाहाङ राई अभिनीत फिल्म ‘कार्साङ’ को छायांकन सकियो

काठमाडौँ । फिल्म ‘कार्साङ’को छायांकन सकिएको छ । यम शेर्पाले निर्देशनमा निर्माण भएको फिल्मको छायांकन २२ दिन लगाएर पुरा गरेको हो । फिल्मको सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका, भोटेकोसी गाउँपालिका क्षेत्रमा र बाँकी एक दृश्य खिचिएसँगै सम्पूर्ण छायांकन सकिएको निर्माण पक्षले जानकारी दिएको छ । ‘फिल्मको सम्पूर्ण टिम राम्रो रहेकाले सबैको मेहनतका साथ समयमै छायांकन सम्पन्न गर्न पाइयो’, निर्देशक शेर्पाले भने, ‘अब पोस्टको काम त्यही अनुरूप गर्दैछौँ, सोचे जस्तै भयो भने …

पुरा पढ्नुहॊस »

जीवन विकास लघुवित्तले कमायो ५८ करोड बढी नाफा

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष(आव) २०८०/ ०८१ को अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा ५८ करोड २२ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा अघिल्लो आवको तुलनामा ४३.६६ प्रतिशत बढी भएको हो ।अघिल्लो आवमा कम्पनीले ४० करोड ५२ लाख रुपैयाँ नाफा कमाएको थियो । गत वर्ष कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा वृद्धि …

पुरा पढ्नुहॊस »

मंगलबार पनि सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मुल्य स्थिर रहेको छ । मंगलबार सुन तोलामा एक सयले घटेर एक लाख ५२ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य अहिलेसम्मकै बढी कायम हुदै तोलाको १ लाख ५२ हजार ३ सय रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला १८१० …

पुरा पढ्नुहॊस »

इस्लिङ्टन कलेजको प्रविधि महोत्सव ‘फ्युचरामा’मा २५ सयबढी विद्यार्थी सहभागी

काठमाडौं । इस्लिङ्टन कलेजले आईएनजी स्किल एकेडेमीसँगको सहकार्यमा आगामी पुस्ताका आईटीलाई प्रेरणा र सशक्तिकरण गर्न तीन दिने प्रविधि महोत्सव ‘फ्युचरामा’ सम्पन्न गरेको छ। १४ देखि १६ अगस्टसम्म सञ्चालनमा रहेको कार्यक्रमको उद्देश्य सूचना प्रविधिमा रुचि राख्ने नयाँ पुस्तालाई प्रेरित गर्दै, उनीहरूलाई अत्याधुनिक प्रविधिहरूसँग सुसज्जित बनाउनु रहेको कलेजले जनाएको छ। कार्यक्रममा एआई गगल, स्वचालित सवारी साधनका मोडेल र रोबोटिक साथी जस्ता अत्याधुनिक प्रविधिहरू प्रदर्शित गरिएका थियो। यी सबै प्रविधिहरू स्किल म्युजियम र …

पुरा पढ्नुहॊस »

‘आर्किटेक्चर एन्ड इन्टेरियर डिजाइन कलाइडोस्कोप’ प्रतियोगितामा आयुषाले जितिन् ७० हजार

काठमाडौं । एसियन पेन्ट्स नेपालले आयोजना गरेको प्रतियोगितामा इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक क्याम्पसकी छात्रा आयुषा कोइराला प्रथम भएकी छन्। कार्यक्रमको यो संस्करणमा ११ वटा आर्किटेक्चरल कलेजका ३९ जना विद्यार्थीले सहभागिता जनाएका थिए। उनीहरूले एकसाथ नेपाल साहित्य तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्रस्तावित भवनको डिजाइन गरेका थिए। प्रतियोगितामा प्रथम स्थान हासिल गरेकी आयुषाले ७० हजार रुपैयाँ नगद पुरस्कार हात पार्न सफल भइन्। यस्तै, एक्मे इन्जिनियरिङ कलेजका सुशन श्रेष्ठ र हिमालयन कलेज अफ …

पुरा पढ्नुहॊस »

आयोनलाई चीनमा दोस्रो र विश्वमा तेस्रो ईभी ब्रान्डको उपाधि

काठमाडौं । चीनको जीएसी ग्रुपले त्यहाँको दोस्रो विद्युतीय सवारी (ईभी) ब्रान्ड र विश्वकै तेस्रो ईभी ब्रान्डको स्थानमा पर्न सफल भएको दाबी गरेको छ । जीएसी ग्रुपका सवारी साधनको गुणस्तर र दिगोपनाकै कारण यो उल्लेखनीय उपलब्धि हात परेको कम्पनीको भनाइ छ । नेपाली बजारमा समेत जीएसीको आयोन वाई ईभी लोकप्रिय बन्दै गएको कम्पनीले जनाएको छ । चार महिनाअघि मात्र नेपालमा भित्रिएको आयोन वाई छोटो समयमै नेपाली उपभोक्ताको मनपर्ने सवारीसाधन बनेको कम्पनीको …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सोमबारको तुलनामा आज अमेरिकी डलर, कतारी रियाल, यूरो र बेलायती पाउण्डको विनिमय दर घटेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९० पैसा र बिक्री दर १३४ रुपैयाँ ५० पैसा पुगेको छ । युरो एकको खरिद दर १४७ रुपैयाँ ७७ पैसा र बिक्री दर १४८ रुपैयाँ ४३ पैसा रहेको छ । बेलायती पाउण्ड …

पुरा पढ्नुहॊस »

अरुणिमा लम्सालले गरिन् कांग्रेस नेतासँग विहे

काठमाडौं । अभिनेत्री अरुणिमा लम्सालले घरजम गरेकी छिन् । उनले कांग्रेस नेता युवराज श्रेष्ठसँग बिहे गरेकी हुन् । दुवैले काठमाडौंको बत्तीसपुतलीस्थित राम मन्दिरमा लगनगाँठो कसेका छन् । बिहेमा परिवार र निकट आफन्तहरु उपस्थित थिए । लामो समयदेखि अमेरिकामा बस्दै आएकी अरुणिमाको दोस्रो विवाह हो । अरुणिका श्रीमान श्रेष्ठ बराहक्षेत्र नगरपालिका, चतरा सुनसरीका स्थानीय नेता हुन् । बराहक्षेत्र नगर कमिटीका उपसभापति समेत हुन् । केही दिनअघि दुई जनाले सुनसरी जिल्ला अदालतमा …

पुरा पढ्नुहॊस »

कीर्तिमान बनाएको सुनको मूल्यमा गिरावट, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य सामान्य घटेको छ । आइतबारको रेकर्ड मूल्यबाट ३ सय रुपैयाँ घट्दै आज छापावाल सुनको मूल्य तोलामा १ लाख ५२ हजार ३ सय कायम भएको हो । अघिल्लो दिन सुनको मूल्य १ लाख ५२३ हजार ६ सय रुपैयाँ थियो । जुन मूल्य हालसम्मकै उच्च हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको मूल्य तोलामा १ हजार ८ सय १० रुपैयाँ छ । अघिल्लो …

पुरा पढ्नुहॊस »

एनएमबी लघुवित्तले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने

काठमाडौँ । एनएमबी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर स्वामित्व १० प्रतिशतले घटाउने भएको छ । कम्पनीले हाल कायम ७० प्रतिशत संस्थापक स्वामत्विबाट ६० प्रतिशतमा झार्ने र सर्वसाधारण समूहतर्फको सेयर स्वामित्व ३० प्रतिशतबाट ४० प्रतिशतमा बढाउने भएको हो । उक्त प्रस्ताव नियामक नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई कम्पनीले जानकारी दिएको छ । सेयर घटबढ गराउनेसम्बन्धी प्रस्तावमा निर्णय हुँदा कम्पनीको ११ औं वार्षिक …

पुरा पढ्नुहॊस »