हिमालयन बैंकको बनेपा शाखा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले बनेपा शाखा २ लाई स्थानान्तरण गरेको छ । बैंकले उक्त शाखा साबिक स्थानबाट करिब ६.२ कि.मि. दक्षिणतर्फ पनौती बसपार्क, पनौती नगरपालिका ७, काभ्रेबाट आइतबारदेखि पनौती शाखाको नामबाट सम्पूर्ण बैंकिङ्क सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ ।

सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएका शाखा सञ्जालहरुलाई स्थानान्तरण गरिरहेको छ । बैंकको उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अनुप मास्के, बैंकका उच्चपदस्थ कर्मचारीहरु तथा अन्य अतिथिहरुको उपिस्थतिमा गरेका हुन् ।

हाल बैंकका नेपालभर १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६५ सयभन्दा बढी पस टर्मिनल र १७ हजार बढी विप्रेषण भुक्तानी केन्द्रहरु रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनआईसी बैंकका कार्ड प्रयोगकर्ताहरूलाई लेमन ट्री प्रिमियरका विभिन्न सेवामा ३५ प्रतिशतसम्म छुट

काठमाडौँ । एनआइसी एसिया बैंकले आफ्ना कार्ड प्रयोगकर्ता ग्राहकहरु तथा कर्मचारीहरूलाई काठमाडौं, बुढानीलकण्ठस्थित Lemon Tree …

प्रतिकृया दिनुहॊस