फेरि ह्वात्तै बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन आज (बुधबार) सुनको मूल्य बढेको छ । मंगलबार छापावाला सुन १ लाख ४६ हजार रुपैयाँमा कारोबार भएकोमा आज तोलामा १८ सयले बढेको हो ।

यस दिन छापावाला सुन प्रतितोला १ लाख ४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो दिन चाँदी तोलाको १ हजार ७८० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन मंगलबार चाँदी तोलाको १ हजार ७४० रुपैयाँमा कारोबार भएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

शाओमीको ‘दसैँ तिहारको उमंग, शाओमीको बबाल अफरसँग’ अफर सार्वजनिक

काठमाडौँ । शाओमीले नेपालमा आउँदै गरेको चाडपर्वलाई मध्यनजर गरेर चाडपर्वको सिजनको आनन्दलाई अझै उत्साहपूर्ण बनाउन …

प्रतिकृया दिनुहॊस