Tag Archives: featured

एकै दिनमा बागलुङमा प्रभु बैंकको ४ वटा शाखा बिस्तार

काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन ४ गते देखि बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नं. ७, बोवाङ, निसीखोला गाउपालिका वडा नं. ५, निसी, वडिगाड गाउँपालिका वडा नं २, खरबाङ र वडिगाड गाउँपालिका वडा नं. ७, भिमगिठे बागलुङमा ४ वटा शाखा खोली बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखाहरूको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष माननीय देवी प्रकाश भट्टचनले गरेका हुन् । प्रभु बैंक लि. ले …

पुरा पढ्नुहॊस »

आइएमई मार्फत विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने

काठमाडौँ । आइएमई लिमिटेड र सहकारी संस्थालाई प्रविधिमैत्री बनाई रहेको कम्पनी एम बैंक (मोबाइल बैङ्किग) बिच विदेशबाट पठाएको रकम अब सिधै सहकारीको खातामा जम्मा गर्न सकिने सम्झौता भएको छ । सम्झौतासँगै एमबैंकमा आबद्ध सहकारीका सदस्यहरूले आइएमई रेमिटेन्स मार्फत पठाएको पैसा सिधै आफ्नो खातामा जम्मा गर्न सक्ने भएका छन् । यसरी मोबाइल बैङ्किग तथा भुक्तानी प्लेटफर्म ‘एम बैंक’ मार्फत सहकारीका सदस्यहरूले सिधै आफ्नो खातामा पैसा जम्मा गर्न सक्ने कम्पनीले जनाएको छ …

पुरा पढ्नुहॊस »

नेपाल राष्ट्र बैंकको प्रवक्तामा रामु पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी कार्यकारी निर्देशक रामु पौडेलले पाएका छन्। पौडेललाई आजदेखि प्रवक्ताको जिम्मेवारी दिइएको राष्ट्र बैंकले जनाएको छ। पौडेलले अर्थशास्त्रमा एमफिल र व्यवस्थापनमा स्नातकोत्तर गरेका छन्। उनी हाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक रहेका छन्।

पुरा पढ्नुहॊस »

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको आग्रह

काठमाडौं । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ। बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण आयकर ऐनबमोजिम आन्तरिक राजस्व विभागले जारी गरेको स्थायी लेखा नम्बर प्रणालीमा आबद्ध गर्नुपर्ने भएकोले बैंकले प्यान नं. अद्यावधिक गर्न ग्राहकलाई आग्रह गरेको हो। ग्राहकले बैंकको पोर्टल प्यान अपडेट एनआईसी एसियाबैंक डटकम वा मोबाइल बैंकिङ्ग एपमा रहेको ‘प्यान अपडेट’ विकल्पमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्न सक्ने …

पुरा पढ्नुहॊस »

बीवाईडीद्वारा कालीमाटीमा दुई पकेट फरेस्ट निर्माणका लागि गरियो ५५० वृक्षारोपण

काठमाडौँ । बीवाईडी अटोको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले काठमाडौंको कालीमाटीस्थित दुई पकेट फरेस्टमा ५५० वृक्षारोपण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अभियान ‘बिल्डिङ ड्रिम्स एन्ड फरेस्ट’ अन्तर्गत बीवाईडीले द हिडन ट्रेजर, रिभोलुसन प्रोजेक्ट र काठमाडौं महानगरपालिका वडा नं.१३ सँगको सहकार्यमा सो वृक्षारोपण अभियान सफलतापूर्वक सम्पन्न गरेको हो । सो अवसरमा मिस नेपाल २०२४ का प्रतियोगीहरूले समेत उत्साहजनक रुपमा सहभागिता जनाएका थिए, जसले अभियानको प्रभाव र पहुँच बढाउन …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकका कार्डवाहकले र्‍याडिसन होटलमा १५ प्रतिशत छुट पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्‍याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ। उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्‍याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले हस्ताक्षर गरेका छन्। समझदारीअनुसार बैंकको डेबिट र क्रेडिट कार्डवाहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। बैंकका ग्राहकहरुले र्‍याडिसन होटल काठमाडौँमा उपलब्ध सेवामध्ये खाना, पेस्ट्री सप, तथा ट्रानक्युलिटी स्पाका …

पुरा पढ्नुहॊस »

प्रभु बैंकको ३०८औँ र ३०९औँ शाखा सञ्चालनमा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आइतबारदेखि दुई नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले तेह्रथुमको म्याङलुङ नगरपालिका १ र धनकुटाको धनकुटा नगरपालिका ७ मा क्रमशः ३०८औँ र ३०९औँ शाखा खोली सञ्चालनमा ल्याएको छ। प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बैंकले जनाएको छ। बैंकको म्याङलुङ शाखा र धनकुटा शाखामार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक …

पुरा पढ्नुहॊस »

मौद्रिक नीतिको स्वागत गर्दै नेप्से ११३ अंकले बढ्यो

काठमाडौं । नेप्से परिसूचक ११३ अंकले बढेको छ । आइतबार नेप्से ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ । मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज दुई पटक सर्किट ब्रेक लाग्दा शुरुमा २० मिनेट र त्यसपछि ४० मिनेट कारोबार अवरुद्ध थियो । नेप्सेका अनुसार आइतबार १५ अर्ब ८१ करोड ५ लाख ९६ हजार २३५ रुपैयाँको कारोबार भएको छ । आज ३१५ कम्पनीको ४ करोड ३ लाख १४ हजार ५१७ कित्ता …

पुरा पढ्नुहॊस »

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, ७५० रुपैयाँमा २०० एमबीपीएस इन्टरनेट

काठमाडौं । एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने ‘दुईमा चार अफर’ सार्वजनिक गरेको हो । वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै गत शनिवार देशव्यापी वाकाथन आयोजना गरेको हो । कम्पनीले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथानमार्फत ऐक्यबद्धता रहेको बताएको छ । वाकाथनको शुभारम्भका क्रममा कम्पनीका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनमा आइपुगेको र आगामी …

पुरा पढ्नुहॊस »