नेशनल लाईफको ‘गाला कन्सर्ट’ भव्य रुपमा सम्पन्न

काठमाडौँ । काठमाण्डौको सोल्टी होटलमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. को गाला कन्सर्ट भव्य रुपमा सम्पन्न भएको छ ।

नेशनल लाईफले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनुरूप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरू सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागीय प्रमुखहरू र विभिन्न शाखाका शाखा प्रमुखहरू गरी करिब ३०० जनाको उपस्थितिमा उक्त कन्सर्ट सम्पन्न गरेको हो ।

कन्सर्टमा स्ट्याण्ड अप कमेडीका लागि चर्चित कलाकार सन्दीप क्षेत्रीको प्रहसन सहित नेपालका चर्चित कलाकारहरू प्रमोद खरेल, मेलिना राई र हेमन्त शर्मा को बेजोड सांगितिक प्रस्तुति रहेको थियो भने चर्चित डि.जे. डिजे नानीको प्रस्तुतिमा उपस्थित अभिककर्ताहरुले भरपुर मनोरञ्जन लिएका थिए ।

भव्य रुपमा आयोजना गरिएको उक्त गाला कन्सर्टमा कम्पनीका उप कार्यकारी अधिकृतले नेशनल लाईफले सदा र्झै अभिकर्ताहरूको चाहानालाई मध्यनजर गर्दै विभिन्न योजनाहरू ल्याउने क्रममा गाला कन्सर्टको अवधारणा ल्याइएको र यस योजनालाई देशै भरीका अभिकर्ताहरूले उत्साहका साथ मनन गरेकाले योजना सफल भएको बताए । उनले अभिकर्ताहरूको उत्साहजनक उपस्थितिले कार्यक्रम भव्य रुपमा सम्पन्न भएको पनि बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सन नेपाल लाइफद्वारा दुई बीमा योजना सार्वजनिक

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ७ औँ वार्षिकोत्सवको अवसर पारेर दुई …

प्रतिकृया दिनुहॊस