Tag Archives: featured

वर्ल्डलिंकले ल्यायो दुईमा चार अफर, ७५० रुपैयाँमा २०० एमबीपीएस इन्टरनेट

काठमाडौं । एकै पल्ट दुई वर्षको पैसा तिर्दा वर्ल्डलिंकको २०० एमबीपीएस गतिको इन्टरनेट मासिक ७५० रुपैयाँमै पाउन सकिने भएको छ । कम्पनीले नियमित नयाँ तथा पुराना ग्राहकका लागि आकर्षक अफरसहित मूल्य समेत सस्तो पर्ने ‘दुईमा चार अफर’ सार्वजनिक गरेको हो । वर्ल्डलिंकको यो अफरमा सहभागी हुने ग्राहकले इन्टरनेटको नियमित प्याकेजमा २९ प्रतिशत छुटमा पाउनुका साथै नोकिया डुअल ब्यान्ड राउटर, दुई ओटा नोकिया बिकन १.१ र नेटटिभी एन्ड्रोइड सेट-टप बक्स समेत …

पुरा पढ्नुहॊस »

नबिल बैंकद्वारा देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना

काठमाडौं । नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन आयोजना गरेको छ । स्थापनाको ४० औं वार्षिकोत्सवको अवसरमा कम्पनीले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै गत शनिवार देशव्यापी वाकाथन आयोजना गरेको हो । कम्पनीले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथानमार्फत ऐक्यबद्धता रहेको बताएको छ । वाकाथनको शुभारम्भका क्रममा कम्पनीका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनमा आइपुगेको र आगामी …

पुरा पढ्नुहॊस »

साताको पहिलो दिन बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा साताको पहिलो कारोबार दिन आज (आइतबार) सुनको मूल्य बढेको छ । शुक्रबार छापावाला सुन १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएमा आज तोलामा १ हजार रुपैयाँ बढेको हो । यस दिन छापावाला सुन प्रतितोला १ लाख ४५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले उल्लेद गरेको छ । तेजाबीसुनको मूल्य पनि १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ४५ हजार रुपैयाँमा …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको सञ्चालकमा ज्ञवाली नियुक्त

काठमाडौं । ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा भागिरथी भट्टराई ज्ञवाली नियुक्त भएकी छन् । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवालीसँग लामो समयदेखि दर्जनौँ सामाजिक संघसंस्थामा रहेर काम गरेका अनुभव छ । ज्ञवालीको नियुक्तिसँगै ग्लोबल आइएमई बैंकको ७ सदस्यीय सञ्चालक समितिले पूर्णता पाएको हो । बैंकको अध्यक्षमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई …

पुरा पढ्नुहॊस »

कुमारी बैंक र बुद्ध एयरबीच सम्झौता

काठमाडौँ । कुमारी बैंक लिमिटेड र बुद्ध एयर बीच कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरूलाई बुद्ध एयरबाट यात्रा गर्दा टिकटमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहक र उनीहरूको परिवारका सदस्यहरू (बुवा, आमा, श्रीमती र छोरा/छोरी) को लागि कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा द्वारा बुद्ध एयरको काउण्टरबाट प्लेन टिकट खरिद गर्दा ८ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकद्वारा ‘ज्योतिज गट ट्यालेन्ट’ को प्रथम संस्करण आयोजना

काठमाडौँ । ज्योति विकास बैंक लिमिटेडले ‘ज्योतिज गट ट्यालेन्ट’को पहिलो संस्करण आयोजना गरेको छ । रचनात्मकता र सृजनात्मकताको अनन्त सम्भावनाहरूलाई उजागर गर्ने तथा बहुप्रतीभाका प्रतिमूर्तिहरुलाई सम्मान गर्ने उद्देश्यले बैंकका देशभरका शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका कर्मचारीका साथै कर्मचारीका परिवारका बालबालिकाहरुको सहभागितामा बैंकको १६औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रम आयोजना गरिएको हो । “Jyoti’s Got Talent 2024” मा कर्मचारीहरुको लागि “नृत्य, संगीत, हाँस्यव्यंग्य, चित्रकला र कविता” गरि पाँच विधा राखिएको थियो भने …

पुरा पढ्नुहॊस »

राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने

rast bank/आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहकारी बचतकर्ता सदस्यको रकम फिर्ता गर्न सहजीकरण गर्ने भएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिमार्फत गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार यस्तो बताएका हुन् । सरकारले चालू आर्थिक वर्ष २०८१/०८२ को बजेटमा बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या समाधानका लागि समस्याग्रस्त सहकारीका सञ्चालक र एकाघरको परिवारको सदस्यको नाममा रहेको सम्पत्तिको धितोको सुरक्षणमा ५ लाख रुपैयाँसम्मका बचतकर्ता सदस्यको रकम फिर्ता गर्ने व्यवस्था गर्ने निर्णय …

पुरा पढ्नुहॊस »

श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०८१ /०८२ मा श्रमिकले रेमिट्यान्स पठाउने सुनिश्चिता गरेमा विना धितो ऋण पाउने व्यवस्था गरेको छ । शु्क्रबार गभर्नर महाप्रसाद अधिकारीले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरेको बताए । सरकारले चालू आर्थिक वर्ष २०८१/ ०८२ को बजेट वक्तव्यमा यस्तो व्यवस्था गरेको थियो ।

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंक र शशिला मोटर्स बीच सम्झौता,३ कार्यदिन भित्र विद्युतीय सवारी कर्जा पाउने

काठमाडौं । ग्लोबल आइएमई बैंक र शशिला मोटर्स बीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाहका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा कम्पनीका साना तथा मझौला, खुद्रा तथा कृषि कर्जा विभाग प्रमुख नरहरि सिलवाल र शशिला मोटर्सका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले हस्ताक्षर गरेका छन् । समझदारी अनुसार कम्पनीले शशिला मोटर्स तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्री गर्ने विद्युतीय सवारी साधन खरिद गर्न चाहने व्यक्ति वा कम्पनीहरुले आवश्यक कागजात …

पुरा पढ्नुहॊस »

लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै (भिडियोसहित)

काठमाडौं । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्रान्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ। २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ। खुत्रुकेदेखि समुन्नतिसम्मको यात्रा फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ। उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविद्युतजस्ता ठूला परियोजनाहरुमा लगानी भई कुनै दुर्गम …

पुरा पढ्नुहॊस »