काठमाडौँ । बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन भएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको कट अफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको छ । योग्य संस्थागत लगानीकर्ताहरुले पेस गरेको बोलपत्रको आधारमा सोमबार तय गरिएको मूल्यमा उक्त रेट कायम भएको हो । यद्यपि, आधिकारिक रुपमा नै कम्पनीको प्रिमियम कट अफ मूल्य कायम भइनसकेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले जनाएको छ । कम्पनीको प्रिमियम मूल्य बोलकबोलमा ६४ वटा योग्य संस्थागत लगानीकर्ताले आवेदन दिएका थिए । …
पुरा पढ्नुहॊस »रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा १४ लाखकाे बिमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमाबापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । गत मंसिर २२ गते मलेसियामा ज्यान गुमाएका सल्यानको कालिमाटी गाउँपालिका– ५ निवासी रामबहादुर घर्तिकी श्रीमती काशीमाया घर्तीलाई घरमै पुगेर कम्पनीको सुर्खेत शाखाले बिमा दाबी भुक्तानी गरेको हो । मृतक बिमित रामबहादुरको बिमा रकम सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी तथा जनप्रतिनिधि निमबहादुर बुढामगरको रोहबरमा भुक्तानी गरिएको बताइएको छ ।
पुरा पढ्नुहॊस »२०२४ को भिजा एक्सेलेरेटर कार्यक्रममा नेपालमा फिनटेकहरूबाट आवेदन खुला
काठमाडौँ । नेपालमा स्टार्टअप विकासको सम्भावना खुलाउने लक्ष्यसहित डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी कम्पनी ‘भिजा एक्सेलरेटर’ कार्यक्रमको चौथो संस्करणको घोषणा भएको छ । कम्पनीले भिजाका भुक्तानी विशेषज्ञहरूसँगको सहकार्यमा स्टार्टअप विकासको सम्भावना बढाउन चौथो संस्करणको आवेदन खुला गरेको हो । २०२४ संस्करणले नयाँ अवसर क्षेत्रहरू – कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवागमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित छ । कार्यक्रमको …
पुरा पढ्नुहॊस »आइएमई पे ‘एचआरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
काठमाडौँ । नेपालको पहिलो डिजिटल वालेट “आइएमई पे” प्रतिष्ठित “एच आरएम नेपाल कर्पोरेट एक्सिलेन्स अवार्ड” बाट सम्मानित भएको छ । कर्पोरेट क्लब नेपालले प्रदान गर्दै आएको अवार्ड अन्तर्गत फिनटेक समूह मध्येबाट ‘आइएमई पे’ कर्पोरेट एक्सिलेन्स अवार्डबाट सम्मानित भएको हो । आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले यस अवार्डलाई फिनटेक क्षेत्रमा नबप्रबर्तन , नेतृत्वदायी जनशक्ति ब्यवस्थापन , सहज ग्राहक सेवा , वित्तीय समावेशीता तथा साक्षरताको उत्थानमा गतिशील रहने कम्पनीको प्रतिबद्धता …
पुरा पढ्नुहॊस »श्री एयरलाइन्सको नेपालगञ्जबाट पहिलो पटक कैलाश मानसरोवर उडान
काठमाडौं । लामो समयको प्रयासपछि नेपालगञ्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो । भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तर प्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेस ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए । पर्यटन व्यवसायी तथा मेरो प्लानेटका प्रबन्ध निर्देशक डा. ओम मिश्रले लामो समयको प्रयासपछि उडान प्रारम्भ भएकामा खुसी व्यक्त …
पुरा पढ्नुहॊस »नेप्से परिसूचक दोहोरो अंकले वृद्धि
काठमाडौं । नेप्से परिसूचक दोहोरो अंकले वृद्धि भएको छ । सोमबार १०.२६ अंकले बढेको सेयर बजार २१०४.७२ विन्दुमा आएर बन्द भएको छ । यसदिन ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७०५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २३० रुपैयाँको कारोबार भएको छ । यसदिन १५० कम्पनीको सेयर मूल्य बढ्दा ८६ वटा कम्पनीको घटेको छ भने ११ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको …
पुरा पढ्नुहॊस »निफको जुरीमा प्रदीप खड्का, दिया मास्के र किशोर आचार्य मनोनीत
काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ) को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ । महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो । ‘महोत्सवमा तीन विधामा तीन सदस्यीय समिति रहने प्रावधानअनुरुप नेपालतर्फका निर्णायक सदस्यको नाम टुङ्गो लागेको हो, …
पुरा पढ्नुहॊस »सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?
काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो । आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा …
पुरा पढ्नुहॊस »एनआइबिएल स्टेबल फण्डमा ७ करोड ८५ लाखभन्दा बढी इकाइका लागि आवेदन
काठमाडाैं । एनआइबिएल स्टेबल फण्डको इकाइ माघ २ गतेदेखि बिक्री खुला भएको छ। एनआइएमबी एस क्यापिटलको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको कोष प्रवर्द्धनमा रहेको एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत एनआइबिएल स्टेबल फण्ड बन्दमुखी योजनाको १ अर्ब रूपैयाँ बराबरको १० करोड इकाइ प्रति इकाइ १० अंकित मूल्यका दरमा बिक्री खुला गरेको हो। उक्त निष्कासनमा शुक्रबार दिउँसो १२:३० बजेसम्ममा ३५ हजार ३३५ जना आवेदकहरूद्वारा ७ करोड ८५ लाख ८१ हजार ५२० …
पुरा पढ्नुहॊस »सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको अध्यक्षमा रतन लाल केडिया
काठमाडाैं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको संचालक समिति अध्यक्षमा रतन लाल केडिया चयन भएका छन्। कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले माघ ११ गते सम्पन्न छैठौं वार्षिक साधारण सभाबाट निर्विरोध निर्वाचित भएका सञ्चालकहरुमध्येबाट अध्यक्षमा रतन लाल केडिया लाई चयन गरेको हो । साधारणसभाले रतनलाल केडिया, कुमार प्रसाद कोइराला, भरत कुमार तोदी, डा. सुवर्ण दास श्रेष्ठ, केशव राज के.सी. र परिक्षीत खेम्कालाई संचालक चयन गरेको थियो । अध्यक्ष रतन …
पुरा पढ्नुहॊस »