२०२४ को भिजा एक्सेलेरेटर कार्यक्रममा नेपालमा फिनटेकहरूबाट आवेदन खुला

काठमाडौँ । नेपालमा स्टार्टअप विकासको सम्भावना खुलाउने लक्ष्यसहित डिजिटल भुक्तानीमा विश्वव्यापी अग्रणी कम्पनी ‘भिजा एक्सेलरेटर’ कार्यक्रमको चौथो संस्करणको घोषणा भएको छ । कम्पनीले भिजाका भुक्तानी विशेषज्ञहरूसँगको सहकार्यमा स्टार्टअप विकासको सम्भावना बढाउन चौथो संस्करणको आवेदन खुला गरेको हो ।

२०२४ संस्करणले नयाँ अवसर क्षेत्रहरू – कृत्रिम बुद्धिमत्ता, विश्वव्यापी मुद्रा आवागमन र भविष्यको लोयल्टी, माइक्रो, साना र मध्यम व्यवसायहरू र डिजिटल स्वीकृति जस्ता क्षेत्रहरूमा जोड दिँदै एम्बेडेड फाइनान्समा केन्द्रित छ । कार्यक्रमको शुभारम्भमा बोल्दै भिजा नेपाल, बंगलादेश र भुटानका कन्ट्री म्यानेजर सौम्या बसुले यो कार्यक्रमले स्टार्टअपहरूलाई विषयवस्तुका विज्ञहरूसँग काम गर्ने अनौठो अवसर प्रदान गर्ने बताए ।

यो कार्यक्रमले विस्तार चरणमा रहेका स्टार्टअप कम्पनीहरूका लागि विषेश रूपमा तयार गरिएको यस कार्यक्रमले सम्भावित सहयोग र द्रुत वृद्धिको साथ अवधारणाको प्रमाण, उत्पादन समाधानहरू, र द्रुत ट्रयाक गरिएको व्यावसायीकरणमा जोड दिइनेछ । तिनीहरूले नयाँ समाधानहरूको सह–विकास, परीक्षण र पुनरावृत्ति पनि गर्नेछन् र भिजाको वित्तीय संस्थाहरू, व्यवसायीहरू र डिजिटल साझेदारहरूको व्यापक सञ्जाललाई मूर्त गो–टु–मार्केटको अवसरहरू पाउने कम्पनीको भनाई छ ।

कार्यक्रमको यस संस्करणको आवेदन यही वर्षको जनवरी मा खोलिएको थियो । र मार्च ८, २०२४ मा बन्द हुनेछ । छानिएका स्टार्टअपहरू मे देखि नोभेम्बर २०२४ सम्म सञ्चालन हुने कार्यक्रम सहभागी हुन पाउनेछन्, पछि डेमो डेको साथ समाप्त हुनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस