काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बिमाबापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको छ ।
गत मंसिर २२ गते मलेसियामा ज्यान गुमाएका सल्यानको कालिमाटी गाउँपालिका– ५ निवासी रामबहादुर घर्तिकी श्रीमती काशीमाया घर्तीलाई घरमै पुगेर कम्पनीको सुर्खेत शाखाले बिमा दाबी भुक्तानी गरेको हो ।
मृतक बिमित रामबहादुरको बिमा रकम सुर्खेत शाखाका प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी तथा जनप्रतिनिधि निमबहादुर बुढामगरको रोहबरमा भुक्तानी गरिएको बताइएको छ ।
प्रतिकृया दिनुहॊस