सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको हो ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको पाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री