Tag Archives: featured

कृषि विकास बैंकले ल्यायो ओभरड्राफ्ट कार्ड, के छन् विशेषता ?

काठमाडौं । कृषि विकास बैकले आफ्नो ५७ औं वार्षिकोत्सवको अवसर पारेर ओभरड्राफ्ट क्रेडिट कार्डको शुभारम्भ गरेको छ । बैंकको ५७ औं वार्षिकोत्सवका दिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको उक्त सेवाको उद्घाटन गरेका थिए । उक्त सेवा प्राप्त गरेपछि डेविट कार्ड र क्रेडिट कार्ड बोक्नु पर्ने झन्झटबाट मुक्त भइने बैंकले जनाएको छ । कृषि विकास बैंकमा भएको तलवी खातामा रकम मौज्दात सकिएपछि रु.२ लाखसम्म ओभरड्राफ्ट सुविधा प्राप्त गर्नुका साथै …

पुरा पढ्नुहॊस »

हिमालयन लाइफको व्यतीत बीमालेख नवीकरणमा छुट

काठमाडाैं । हिमालयन लाइफ ईन्स्योरेन्सले व्यतीत बीमालेखमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यतीत बीमालेख पुनर्जागरण गर्दा विलम्ब शुल्कमा छुट दिने जनाएको हो । जस अनुसार कम्पनीले ३ वर्षसम्म व्यतीत अवधि भएको बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा शत प्रतिशत छुट दिने उल्लेख गरेको छ । त्यसैगरी, ३ वर्षदेखि ५ वर्षसम्म व्यतीत रहेको बीमालेख नवीकरण गर्दा ५० प्रतिशत छुट दिने जनाएको छ । यसैगरी, …

पुरा पढ्नुहॊस »

लगातार तेस्रो दिन पनि बढ्यो नेप्से, कारोबार ५ अर्बमाथि

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक १४ दशमलव ८८ अङ्कले बढेर दुई हजार एक सय १९ दशमलव ६१ को बिन्दुमा कायम भएको हो । आज तीन सय आठ कम्पनीको एक करोड ५१ लाख ७८ हजार तीन सय ६८ कित्ता शेयर एक लाख १७ हजार ५९ पटक खरिदबिक्री हुँदा पाँच अर्ब ५४ करोड ४२ लाख १७ हजार पाँच सय ९३ बराबरको …

पुरा पढ्नुहॊस »

‘द अनब्रेकेबल स्मार्टफोन’ अनर एक्स९बी फाइभजी नेपाली बजारमा

काठमाडौँ । अनर एक्स९बी फाइभजी आजदेखि नेपाली बजारमा प्रवेश गरेको छ। यो फोन (१२+२५६)जीबीको ठूलो स्टोरेज र ५८०० एमएएच ब्याट्रीको साथ उपलब्ध छ । नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपाल प्रा.लिमिटेडले यो फोन नेपालमा लन्च गरेको हो । यसको प्रि-बुकिङ भने २१ जनवरीबाट नै सुरु गरिएको थियो। २७ जनवरीमा प्रि-बुकिङ सकिएसँगै यो अब नेपालभर उपलब्ध छ। एकदमै बलियो डिस्प्ले भएको यो फोनलाई उचाईबाट खसाल्दा तथा धेरै झट्काहरू पर्दा पनि …

पुरा पढ्नुहॊस »

जंगल जोगाउने अभियानमा सिटिजन्स बैंक (भिडियोसहित)

ल्यायो ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता योजना काठमाडौं । सर्वोत्कृष्ट सेवाका लागि परिचित सिटिजन्स बैंकले पृथक ‘खाता योजना’ ल्याएको छ । बैंकले नयाँ वर्ष सन् २०२४ को अवसरमा ‘एक खाता, एक वृक्ष’ स्मार्ट बचत खाता सञ्चालनमा ल्याएको हो । बैंकले पैसाको मात्र कारोबार गर्दैन, सामाजिक दायित्व पनि पूरा गर्न भन्ने सकारात्मक सन्देश दिनको लागि पृथक खालको योजना ल्याएको बैंकले जनाएको छ । यो योजनाले पछिल्लो समय बढ्दो जनसंख्याका …

पुरा पढ्नुहॊस »

मंगलरबार पनि बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनचाँदीको भाउ बढेको छ । सोमबार प्रतितोला १ लाख १८ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले बढेको हो । आज छापावाला सुन १ लाख १८ हजार ६ सय रुपैयाँ प्रतितोलाका दरले कारोबार भइरहेको छ । आज तेजाबी सुन तोलामा १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य १५ रुपैयाँले …

पुरा पढ्नुहॊस »

स्वरोजगार लघुवित्तले ७ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर धनीलाई ७.३६८४ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरूलाई ७ प्रतिशत बोनस सेयर र ०.३६८४ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । कम्पनीको २३६औँ सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुने गरी ४ करोड ३९ लाख ४ हजार ६५ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । यस्तै, चुक्ता पूँजीको ०.३६८४ प्रतिशतका दरले २३ लाख …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

binimaya/आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७२ पैसा र बिक्री दर १३३ रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ५९ पैसा र बिक्री दर १४४ रुपैयाँ २४ पैसा …

पुरा पढ्नुहॊस »

गुडविल फाइनान्सको अध्यक्षमा मुनकर्मी निर्वाचित

काठमाडौं । गुडविल फाइनान्स (वित्तीय संस्था)को अध्यक्षमा दिलीप कुमार मुनकर्मी निर्वाचित भएका छन् । सोमबार सम्पन्न कम्पनीको २९औं वार्षिक साधारण सभाबाट नवनियुक्त सञ्चालकसहित बसेको पहिलो बैठकले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । सभाले संस्थापक समुहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक चयन गरेको छ । जसमा संस्थापक समुहबाट दिलीप कुमार मुनकर्मी र जेनी कोशी तथा सर्वसाधारण समुहबाट पशुपति भक्त श्रेष्ठ र उदयश्वर श्रेष्ठ …

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंक र सेन्ट जेभिर्यस कलेजबीच साझेदारी

काठमाडाैं । माछापुच्छ्रे बैंकले सेन्ट जेभिर्यस कलेजसँग डिजिटल बैंकिङ प्रवर्द्धनअन्तर्गत विद्यार्थीको क्षमता वृद्धिको लागि साझेदारी गरेको छ। उक्त साझेदारी अन्तर्गत बैंकले कलेजको आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रायोजन गरेको हो। एसएक्ससी स्यान्डबक्स एक आईटी सम्बन्धी रमाइलो ४८ घण्टा अवधिको ह्याकाथन कार्यक्रम आयोजना गरेको थियो। जहाँ सहभागीलाई सूचना तथा प्रविधिसम्बन्धी कार्य र रचनात्मक समस्या समाधानमा संलग्न हुन प्रेरित गरिएको थियो। कलेजसँग आन्तरिक कार्यक्रम एसएक्ससी स्यान्डबक्सलाई प्रयोजन गरी विजेता टिमलाई ६ महिनाका लागि …

पुरा पढ्नुहॊस »