निफको जुरीमा प्रदीप खड्का, दिया मास्के र किशोर आचार्य मनोनीत

काठमाडौँ । नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोसत्व (निफ) को सातौँ संस्करणमा नेपालकोतर्फबाट निर्णायक मण्डलमा रहने सदस्य मनोनीत गरिएको छ ।

महोत्सवका अध्यक्ष केपी पाठकका अनुसार चलचित्रतर्फ अभिनेता प्रदीप खड्का, छोटा चलचित्र तथा वृत्तचित्रतर्फ अभिनेत्री दिया मास्के र किशोर आचार्य नेपालका तर्फबाट निर्णायक समितिमा सदस्य रहने तय भएको हो ।

‘महोत्सवमा तीन विधामा तीन सदस्यीय समिति रहने प्रावधानअनुरुप नेपालतर्फका निर्णायक सदस्यको नाम टुङ्गो लागेको हो, सोही विधामा दुई निर्णायक विदेशी चलचित्रकर्मी हुनेछन्, उहाँहरूको नाम केही समयमा नै सार्वजनिक गर्नेछौँ’, अध्यक्ष पाठकले भने ।

उनले आगामी चैत १ देखि ५ गतेसम्म काठमाडौँमा हुने महोत्सवमा ४० देशका ८८ चलचित्र छनोट भएका जानकारी दिए ।

कान्स, लोकार्नो, बर्लिनलगायत प्रतिष्ठित महोत्सवमा प्रदर्शित चलचित्र समावेश हुनु सुखद भएको अध्यक्ष पाठकले बर्ताए । उनका अनुसार महोत्सवमा सहभागी चलचित्र प्रदर्शनसँगै निर्माणका विभिन्न विधासँग सम्बन्धित रहेर कार्यशाला, छलफल र अन्तक्र्रियाका कार्यक्रम गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस