काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा हकप्रद शेयर जारी भएको थियो। प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० शेयरधनीहरूलाई ९८ लाख ८८ हजार ४६१ कित्ता शेयर जारी गरिएको …
पुरा पढ्नुहॊस »कृषि विकास बैंकको १७औँ वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७औँ वार्षिक साधरण सभा (आर्थिक वर्ष २०७९/८०) बुधवार बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सम्पन्न भएको छ । बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २ सय ८२ वटा शाखाहरुमार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरुमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंकको १७औँ वार्षिक साधरणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो …
पुरा पढ्नुहॊस »महालक्ष्मी विकास बैंकद्वारा ‘हीरा गिरी जेहेनदार छात्रवृत्ति’ प्रदान
काठमाडौं । स्व. हिरा गिरी जेहेन्दार छात्रवृत्ति वीरगञ्जस्थित श्रीपुरमा रहेको कादमबरी एकेडेमीमा कक्षा १० मा अध्ययनरत जीवन राजवंशीलाई प्रदान गरिएको छ । विभिन्न सात वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित सो छात्रवृत्ति राजवंशीलाई प्रदान गरिएको बैंकले जनाएको छ । बैंक सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई सो छात्रवृत्ति हस्तान्तरण गरेका हुन् । …
पुरा पढ्नुहॊस »हिमालयन बैंकको इटहरी शाखा-२ इनरुवा १ मा स्थानान्तरण
काठमाडाैं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका १, सुनसरीबाट आजदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ। बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेकी थिइन्। उक्त समारोहमा इनरुवाका मेयर, उपमेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो। हाल बैंकले नेपालभरि फैलिएका १७४ …
पुरा पढ्नुहॊस »फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको भाउ घटेको छ । बुधबार प्रतितोला १ लाख २५ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन ८ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन तोलामा १ लाख २५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५० रुपैयाँले बढेको छ । यस …
पुरा पढ्नुहॊस »विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयर दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २९ पैसा र बिक्री दर १३२ रुपैयाँ ८९ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ७१ पैसा र बिक्री दर १४५ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३० पैसा र बिक्री दर १७० रुपैयाँ ०७ पैसा रहेको छ …
पुरा पढ्नुहॊस »सामसङको नयाँ फिटनेस ट्रयाकर ‘Galaxy Fit3’ सार्वजनिक
काठमाडौँ । सामसङ नेपालले नयाँ सटीक फिटनेस ट्रयाकर Galaxy Fit3 लन्च गरेको घोषणा गरेको छ । जसले सामसङको अत्याधुनिक स्वास्थ्य–निगरानी प्रविधिलाई सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसले सबैलाई आफ्नो उत्कृष्ट अनुभव गर्न र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्छ । Galaxy Fit3 सामसङको सबैभन्दा नयाँ लगाउन मिल्ने (वेरेबल) डिभाइस हो र यसमा फराकिलो डिस्प्लेसहितको एल्युमिनियम बडी छ, जसले प्रयोगकर्ताहरूलाई दैनिक व्यायामदेखि लिएर आरामले सुत्दासम्म — चौबीसै घण्टा आफ्नो नाडीबाट सिधै …
पुरा पढ्नुहॊस »पोखराका बिगमार्टमा माछापुच्छ्रेका ग्राहकलाई १० प्रतिशत छुट
काठमाडौं । माछापुच्छ्रे बैंकले पोखरामा हालै उद्घाटन भएका बिगमार्ट सुपरमार्केटहरूमा १० प्रतिशत छुट दिने भएको छ । बैंकका ग्राहकले डेविट अथवा क्रेडिट कार्डको माध्यमबाट गरेका कारोबारमा उक्त छुट प्रदान गर्न लागेको हो । बैंकले ग्राहकले डेबिट कार्ड मार्फत कारोबार गरेको खण्डमा प्रतिव्यक्ति १० प्रतिशत वा बढीमा रु.२०० सम्म क्यासब्याक तथा क्रेडिट कार्ड मार्फत कारोबार गरेको खण्डमा अधिकतम रु २०० सम्म छुट पाउने व्यवस्था गरेको जनाएको छ । यो क्यासब्याक बिगमार्टका …
पुरा पढ्नुहॊस »ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउन्टर ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ महानगरपालिका वडा नं. २६, लेखनाथ मार्ग, ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । सेवाग्राहीको बढ्दो चाप र आवश्यकतालाई मध्यनजर गर्दै बैंकले नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याइएको हो । यो काउन्टर सञ्चालनमा आएसँगै बैंकका एक्सटेन्सन तथा राजश्व संकलन काउन्टरहरुको संख्या ६७ पुगेको छ । नयाँ एक्सटेन्सन काउन्टरबाट निक्षेप सङ्कलन, नगद भुक्तानी, मोबाइल तथा अनलाइन बैंकिङ्ग सेवा, रेमिट्यान्सको सुविधा लगायत सबै …
पुरा पढ्नुहॊस »बुद्ध एयरले घोषणा गर्यो ३ लाख राशिको ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’
काठमाडौँ । बुद्ध एयरले हरेक दुई वर्षमा ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गर्ने भएको छ। कम्पनीले नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने बुद्ध एयरले जनाएको हो। यससम्बन्धी सम्झौतामा बुद्ध एयर प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले बुधबार हस्ताक्षर गरेका हुन्। पुरस्कारका लागि …
पुरा पढ्नुहॊस »