कृषि विकास बैंकको १७औँ वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं । कृषि विकास बैंक लिमिटेडको १७औँ वार्षिक साधरण सभा (आर्थिक वर्ष २०७९/८०) बुधवार बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे, भक्तपुरमा सम्पन्न भएको छ ।

बृहत कार्य सञ्जालद्वारा आफ्ना वस्तु/सेवाहरुलाई देशका अति दुर्गमदेखि सुगम ठाउँहरुमा २ सय ८२ वटा शाखाहरुमार्फत आधुनिक बैकिङ्ग सेवा पुर्याउन सफल भएको तथा नेपालका वाणिज्य बैंकहरुमध्ये कृषिमा सबैभन्दा बढी लगानी गरेको कृषि विकास बैंकको १७औँ वार्षिक साधरणसभा बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीको अध्यक्षतामा सम्पन्न भएको हो ।

साधरण सभामा वक्ताको रुपमा भाग लिएका शेयरधनीहरुले उठाएका जिज्ञासका सम्बन्धमा सञ्चालक समिति अध्यक्ष रामशरण पुडासैनीले स्पष्ट पार्नुका साथै शेयरधनीहरुबाट प्राप्त सुझावहरुलाई नियमानुसार कार्यन्वयन गर्दै जाने प्रतिवद्धता समेत व्यक्त गरे ।

शेयरधनीहरुको बाक्लो उपस्थिति रहेको उक्त साधरण सभामा विभिन्न निकाय/संघ/संस्थाका प्रतिनिधि, बैंकमा कार्यरत उच्च व्यवस्थापक, कर्मचारीहरु र बैंक सञ्चालक समितिका सदस्यहरु क्रमशः महेश आचार्य, डा.राजेन्द्र प्रसाद मिश्र, गोविन्द प्रसाद भट्टराई, संजिव पौडेल, विनोद कुमार गुरागाँई र रीता सुवेदीको उपस्थिति रहेको थियो भने साधरणसभाको सञ्चालन बैंकका कम्पनी सचिव हिमलाल पौडेलले गरेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री