Tag Archives: featured

सीजीले ल्यायो निःशुल्क एसी सर्भिस क्याम्प, अन्य के-के अफर ?

काठमाडौं । सीजी ब्रान्डले आफ्ना एसीका ग्राहकहरूका लागि नेपालभरका सबै आधिकारिक सेवा केन्द्रहरूमा एसी सर्भिस क्याम्प घोषणा गरेको छ। क्याम्पमा एसी मर्मत, खरिद वा एक्सचेन्ज गर्नुपरेमा टोल फ्री फोन नं १६६००१०२२११ वा ०१५९७०१२२ मा फोन गरी वा इमेल [email protected] मार्फत सेवा अपोइन्टमेन्टको लागि बुक गर्न सकिने कम्पनीले जनाएको छ। क्याम्पमा कुनै मर्मत सेवा शुल्क नलाग्ने कम्पनीको भनाइ छ। यसबाहेक स्पेयर पार्ट्समा ५० प्रतिशतसम्मको छुट, एक्सचेन्जमा ५० प्रतिशतसम्मको अतिरिक्त मूल्यांकन र …

पुरा पढ्नुहॊस »

नेप्से परिसूचकमा १०.६२ अङ्कको गिरावट

काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ६२ अङ्कले घटेर दुई हजार ७० दशमलव २५ को बिन्दुमा कायम भएको छ । आज तीन सय चार कम्पनीको ८४ लाख छ हजार ७६ कित्ता शेयर ६३ हजार नौ पटक खरिदबिक्री हुँदा तीन अर्ब ३८ करोड ७९ लाख ८० हजार तीन सय ८४ बराबरको कारोबार भएको छ …

पुरा पढ्नुहॊस »

विश्वकीर्तिमान राखेका लुइँटेल राष्ट्रपति पौडेलबाट सम्मानित

काठमाडौं । सञ्चारकर्मी राजेन्द्र लुइँटेललाई राष्ट्रपति रामचन्द्र पौडेलबाट सम्मानित भएका छन् । विश्वकै सर्वाधिक उचाइमा म्युजिक भिडियो निर्माण गरेर विश्वकीर्तिमान कायम गरेका लुइँटेल राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलबाट सम्मानित भएका हुन् । राष्ट्रपति पौडेलले विश्वकीर्तिमान कायम गर्ने लुइँटेललाई बधाई सहित माला र दोसल्ला ओढाएर सम्मान गरेका थिए । मनाङको तिलिचो तालमा छायांकन तथा निर्माण गरिएको उक्त भिडियोको गीतलाई अर्का कीर्तिमानी डा. डिआर उपाध्यायले लेखेका हुन भने कीर्तिमानी संगीत सन्तोष …

पुरा पढ्नुहॊस »

आफ्ना लागि सही प्रजनन केन्द्रको छनोट कसरी गर्ने ?

काठमाडौँ । परिवार सुरु गर्नु एक रोमाञ्चक अनि नितान्त व्यक्तिगत यात्रा हो । प्रजनन क्षमतासँग सम्बन्धित समस्याहरूको सामना गरिरहेका जोडीहरूका लागि सही प्रजनन केन्द्रको छनोट एक महत्वपूर्ण कदम हो । यसका निम्ति धेरै विकल्पहरू उपलब्ध भएका कारण तपाईंको व्यक्तिगत आवश्यकतासँग मिल्दोजुल्दो र उत्कृष्ट सम्भावित हेरचाह प्रदान गर्ने केन्द्र फेला पार्नु महत्त्वपूर्ण हुन्छ । वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभिएफ, नेपालकी केन्द्र प्रमुख डा. नेहा होमागाईँ प्रजनन यात्राका लागि सही सहयात्री छनोटको …

पुरा पढ्नुहॊस »

नेपाल लाइफद्वारा २०८१ सालको क्यालेन्डर सार्वजनिक

काठमाडौं । जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले वि.सं.२०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहकाबीच क्यालेन्डर सार्वजनिक गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले क्यालेन्डर अनावरण गरेका हुन्। उक्त कार्यक्रममा कम्पनीका उच्च व्यवस्थापन लगायत कम्पनीका कर्मचारीहरूकोे उपस्थिति रहेको थियो। बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो। यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्वारा ४ जिल्लामा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले बैंकिङ सेवाको विस्तार र प्रोत्साहनका लागि वित्तीय साक्षरता अभियान अन्तर्गत विभिन्न स्थानहरुमा बैंकिङ साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कास्कीको पोखरा–३३ स्थित सरसस्वती टिका स्कुल र कैलालीको धनगडी–४ स्थित सीसीएस कलेजमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिएको बैंकले जनाएको छ । यस्तै ललितपुरको इमाडोल–१ स्थित स्टार फुडल्यान्ड परिसरमा र सुर्खेतको विरेन्द्रनगर–११ स्थित देउती बजै मन्दिर नजिक परिसरमा पनि वित्तीय साक्षरता कार्यक्रम गरेको हो । वित्तीय …

पुरा पढ्नुहॊस »

शिवशंकर इनभेष्टमेन्टलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

काठमाडौं । एलएस क्यापिटल र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ । एलएस क्यापिटल, नयाँ बानेश्वरको कर्पोरेट कार्यालयमा एक कार्यक्रमका बीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन । सम्झौता अनुसार एलएस क्यापिटलले रोड टु आईपीओ अन्तर्गत शिवशंकर इन्भेष्टमेन्ट प्राइभेट लिमिटेडको प्रारम्भिक सार्वजनिक प्रस्ताव (आईपीओ) तर्फ लैजाने सबै सम्भावनाहरूको …

पुरा पढ्नुहॊस »

राष्ट्रिय वाणिज्य बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले दिगो बैंकिङ वृद्धिको लागि व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको छ । हाल राष्ट्रिय अर्थतन्त्र र बैंकिङ्ग क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरूको बारेमा अर्थविद्, बैंकिङ्ग विज्ञ तथा उद्यमीहरूका बीचमा व्यापक छलफल गरी बैंकिङ्ग क्षेत्रमा देखिएका चुनौतीहरूलाई सम्बोधन गर्न तथा आगामी दिनमा दिगो बैंकिङ्ग विकासका लागि दिशा निर्देश गर्न बैंकले व्यवस्थापन सम्मेलन आयोजना गर्ने भएको हो । सम्मेलन भोलि काठमाडौँ आयोजना हुनेछ । नेपाल सरकारका माननीय …

पुरा पढ्नुहॊस »

सुनको मूल्यमा उतार चढाव, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ४०० रुपैयाँ घटेको हो । आज सुनको मूल्य तोलामा १ लाख २५ हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनको मूल्य तोलामा १ लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुन तोलामा १ लाख २४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य तोलामा …

पुरा पढ्नुहॊस »

आज विदेशी मुद्राको विनिमय दर कति ? (सूचीसहित)

Exchange-rate/सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ २२ पैसा र बिक्री दर १३२ रुपैयाँ ८२ पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ ६६ पैसा र बिक्री दर १४५ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ३५ पैसा र बिक्री दर १७० रुपैयाँ १२ पैसा रहेको छ …

पुरा पढ्नुहॊस »