हिमालयन बैंकको इटहरी शाखा-२ इनरुवा १ मा स्थानान्तरण

काठमाडाैं । हिमालयन बैंक लिमिटेडले सिभिल बैंकलाई प्राप्ति गरेपश्चात् नजिक भएको शाखा सञ्जालहरुमध्ये इटहरी शाखा–२ लाई स्थानान्तरण गरी इनरुवा नगरपालिका १, सुनसरीबाट आजदेखि विभिन्न बैंकिङ सेवा विस्तार गरेको छ।

बैंकको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक, विराटनगरका निर्देशक इन्द्र चाम्लागाई मैनालीले गरेकी थिइन्। उक्त समारोहमा इनरुवाका मेयर, उपमेयर, जिल्ला प्रशासन कार्यालय प्रमुख, प्रहरी प्रमुख, नापी कार्यालयका प्रमुख लगायत बैंकका अन्य कर्मचारीहरुको पनि उपिस्थति रहेको थियो।

हाल बैंकले नेपालभरि फैलिएका १७४ कुल शाखा संख्या, २० विस्तारित काउन्टर, २६४ एटीएम, ६ हजार ५०० भन्दा बढी पस टर्मिनल्स र १७ हजारभन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट ग्राहकलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री