बुद्ध एयरले घोषणा गर्‍यो ३ लाख राशिको ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’

काठमाडौँ । बुद्ध एयरले हरेक दुई वर्षमा ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गर्ने भएको छ। कम्पनीले नेपालमा कानुन तथा न्यायको क्षेत्रमा सुधार, अन्वेषणलगायत विशिष्ट योगदान पुर्‍याउने व्यक्तिलाई ‘स्व. सुरेन्द्र बहादुर बस्नेत सम्मान पुरस्कार’ प्रदान गरिने बुद्ध एयरले जनाएको हो।

यससम्बन्धी सम्झौतामा बुद्ध एयर प्रा.लि.का तर्फबाट कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत तथा सर्वोच्च अदालत बार एसोसिएसनको कार्यसमितिको तर्फबाट सचिव अधिवक्ता श्याम कुमार खत्रीले बुधबार हस्ताक्षर गरेका हुन्।

पुरस्कारका लागि बुद्ध एयरले २५ लाख रुपैयाँको अक्षय कोषको स्थापना गरेको छ। यसबाट प्राप्त हुने ब्याज रकमबाट हरेक दुई वर्षमा एक जना व्यक्तिलाई सम्मान गरिनेछ। बुद्ध एयरले पहिलो वर्षका लागि थप पाँच लाख रकम पनि प्रदान गरेको छ।

सर्वोच्च अदालत बार एसोसिएसनले ‘क’ वर्गका बैंकहरुमध्ये बढीभन्दा बढी ब्याजदर प्रदान गर्ने बैंकको मुद्दती खातामा रकम जम्मा गर्नेछ। यसबाट प्राप्त हुने ब्याज रकममध्ये ३ लाख रुपैयाँ पुरस्कार राशिमा तथा अन्य रकम साधारण सभाको दिनमा खर्च गरिनेछ।

स्व. सुरेन्द्र बहादुर बस्नेत बुद्ध एयरका संस्थापक अध्यक्षका साथै सर्वोच्च अदालतका पूर्वन्यायाधीश थिए। उनी निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त तथा नेपाल प्रेस काउन्सिलको संस्थापक अध्यक्ष थिए। उनले विभिन्न समयमा नेपाल सरकारको मन्त्री तथा विभिन्न आयोगका अध्यक्ष भएर पनि सेवा पुर्‍याएका थिए।

बुद्ध एयरसँग १५ वटा एटीआर–७२ तथा ३ वटा एटीआर–४२ जहाजहरु रहेका छन् । बुद्ध एयरले दैनिक १५० भन्दा बढि उडान भरिरहेको छन्। बुद्ध एयर पोखराबाट नेपालगञ्ज, भरतपुर तथा भैरहवाको सिधा उडान भरिरहेको छ । यसले सातो दुई दिन भारतको वाराणसी पनि उडान गर्दै आएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एक सय रुपैयाँ दरको नोटको डिजाइन परिवर्तन गर्ने निर्णय गरेको छ । …

प्रतिकृया दिनुहॊस