महालक्ष्मी विकास बैंकद्वारा ‘हीरा गिरी जेहेनदार छात्रवृत्ति’ प्रदान

काठमाडौं । स्व. हिरा गिरी जेहेन्दार छात्रवृत्ति वीरगञ्जस्थित श्रीपुरमा रहेको कादमबरी एकेडेमीमा कक्षा १० मा अध्ययनरत जीवन राजवंशीलाई प्रदान गरिएको छ ।

विभिन्न सात वित्तीय संस्था मिलेर बनेको महालक्ष्मी विकास बैंकको एक महत्वपूर्ण संस्था महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित सो छात्रवृत्ति राजवंशीलाई प्रदान गरिएको बैंकले जनाएको छ । बैंक सञ्चालक समितिका सदस्य श्यामसुन्दर रुङ्‍गटाले आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकलाई सो छात्रवृत्ति हस्तान्तरण गरेका हुन् ।

अध्यनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।

कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका सदस्य रुङ्‍गटाले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षाका लागि सहयोग गरिएको बताए । आमाको माया छात्रावासका अध्यक्ष भावरलाल पारिकले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुग्ने बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कुमारी बैंकले गर्‍यो बेलबारीमा उद्यमी प्रशिक्षण कार्यक्रम

काठमाडौं । यूएसएडसँगको साझेदारीमा ‘देशैभरी वर्षैभरी’ उद्यमशीलता विकास एवं प्रवर्द्धनका लागि नियमित रुपमा उद्यमी प्रशिक्षण …

प्रतिकृया दिनुहॊस