Tag Archives: featured

अजोड इन्स्योरेन्स र चिरायु अस्पतालबीच सम्झौता, के छ सम्झौतामा ?

काठमाडाैं । अजोड इन्स्योरेन्स  र चिरायु नेशनल हस्पिटल एण्ड मेडिकल इन्सटिच्युटबीच नगद रहित उपचार सेवा सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा अजोड इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री तथा अस्पतालका तर्फबाट अपरेशन डाइरेक्टर चण्डेश्वर एन.आर.वैद्यले हस्ताक्षर गरेका छन् । अजोड इन्स्योरेन्सबाट औषधोपचार बीमा लेख लिएका ग्राहकहरुले हस्पिटलमा भर्ना भई उपचार गराउनु पर्ने अवस्थामा विभिन्न सेवाहरुमा अधिक्तम छुट प्राप्त गर्ने भएको छ । नगद रहित उपचार सेवा उपयोग गर्न …

पुरा पढ्नुहॊस »

प्रभु बैंकका ७ एक्स्टेन्सन काउन्टर सञ्चालनमा

काठमाडाैं । प्रभु बैंकले नयाँ ७ वटा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । काउन्टरहरु झापााको भद्रपुर, सुनसरीको कोशी ब्यारेज, सिरहाको ठाडी, महोत्तरीको जलेश्वर, नवलपरासीको महेशपुर, कपिलवस्तुको सुठौली र कैलालीको सेती भन्सारमा सञ्चालनमा ल्याएको बैकले जनाएको छ ।भन्सार विभागका महानिर्देशक तोयम रायाले जलेश्वर काउण्टर उद्घाटन गरे । त्यसैगरी अन्य भन्सारका काउन्टरहरु सम्बन्धित भन्सार कार्यालयका प्रमुखले उद्घाटन गरेका छन् । नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रुपमा रहेको छिमेकी राष्ट्र भारतसँगको सिमानामा सञ्चालनमा आएका …

पुरा पढ्नुहॊस »

गण्डकी बिकास बैंक र सूर्य लाइफ इन्स्योरेन्स बीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । गण्डकी बिकास बैंक र सूर्य लाईफ इन्स्योरेन्स बीच बीमा व्यवसाय विस्तार गर्ने उद्देश्यले बैंकास्योरेन्स सेवा प्रदान सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापा र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवनाथ पान्डेले हस्ताक्षर गरेका छन् ।उक्त कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत छविन्द्रनाथ शर्मा तथा इन्स्योरेन्सको तर्फबाट नायब मेनेजर सुमना न्यौपाने खनालको समेत उपस्थिती रहेका थिए । सम्झौता अनुसार …

पुरा पढ्नुहॊस »

महालक्ष्मी विकास बैंकको शाखा दमौलीमा

काठमाडौं ।महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लाने क्रममा तनहुँ जिल्ला, व्यास नगरपालिका वडा नं ३, सफासडक स्थित दमौली शाखा कार्यालयको औपचारिक समुद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । शाखाको समुद्घाटन व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले गरे । शाखा उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकहरुको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दै आएको र आगामी दिनहरुमा पनि देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा …

पुरा पढ्नुहॊस »

ज्योति विकास बैंकले खोल्यो कैलाली र कञ्चनपुरमा नयाँ शाखा

काठमाडौं । ज्योति विकास बैंकले कैलालीको हसुलिया र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा संचालनमा ल्याएको छ । कैलारी गाउँपालिका वडा नं १ हसुलिया कैलाली शाखाको उदघाटन गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले बैंकका अध्यक्ष हरिचन्द्र खड्काले उदघाटन गरेका छन् ।यसैगरी भीमदत्त नगरपालिका वडा नं ४ महेन्द्रनगर कञ्चनपुर शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक धनगढि शाखाका निर्देशक किरण पण्डित र बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले गरेका छन् । हाल बैंकले ८० वटा शाखा तथा २२ …

पुरा पढ्नुहॊस »

एनआईसी एसिया बैंकको शाखा बिर्ताबजारमा

काठमाडाैं । एनआईसी एसिया बैंकको नयाँ शाखा झापाको बिर्तामोड नगरपालिकास्थित बिर्ताबजारमा खुलेको छ । शाखाको बिर्तामोड नगरपालिका मेयर ध्रुव कुमार शिवाकोटीले उद्घाटन गरे । बैंकका मुलुकभर २६८ शाखा कार्यालयहरु, २८१ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं १९ वटा शाखा रहित बैंकिङ्ग ईकाई संचालनमा छन् । मुलुककै सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकको वासलातको आकार २११ अर्ब नाघेको छ । कुल निक्षेप करिब १७० अर्ब तथा कर्जा १४४ अर्ब पुगेको छ। …

पुरा पढ्नुहॊस »

ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने

काठमाडाैं । ग्लोबल आईएमई बैंकले १६ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको सञ्चालक समितिको बैठकले गतवर्ष गरेको वितरणयोग्य नाफाबाट लाभांश दिने निर्णय गरेको हो । बैंकले लाभांश(बोनस) घोषणा गरेपछि यसको सेयर मूल्य एकाएक बढेको छ । सोमबार प्रतिकित्ता ३०७ रूपैयाँमा कारोबार भएको यस बैंकको सेयर मंगलबार बढेर प्रतिकित्ता ३२० रूपैयाँसम्म पुगेको छ । बैंकले गत आव २ अर्ब १० करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बोनस …

पुरा पढ्नुहॊस »

माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

काठमाडौं । माछापुच्छ्र्रे बैंक र सानिमा जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्र्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा सानिमा जनरल इन्स्योरेन्सका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठले हस्ताक्षर गरे । सम्झौताअनुसार अब माछापुच्छ्र्रे बैंकका ग्राहकले बैंकका सबै शाखाबाट सानिमा जनरल इन्स्योरेन्सका बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग विच सम्झौता

काठमाडौं । विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेड वीच सम्झौता भएको छ । सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेटका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरे । उक्त सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको छ ।

पुरा पढ्नुहॊस »

सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स बीच सम्झौता

काठमाडौं । सिभिल बैंक लिमिटेड र आईएमई डिजिटल सोलुसन्स बीच सम्झौता गरेको छ । उक्त सम्झौता पत्रमा सिभिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ र आईएमई डिजिटल सोलुसन्सका तर्फबाट प्रमुख परिचालन अधिकृत ड्यानियल डि. श्रेष्ठले हस्ताक्षर गरे ।सम्झौता अनुसार  बैंकका ग्राहकहरुले आईएमई–पे मार्फत सिभिल बैंक वा अन्य बैंकमा रकमान्तर गर्न,मोबाइल टपअपगर्न, विद्युत प्राधिकरण/ल्यान्डलाइन/एडीयसयल/डिसहोमको बील भुक्तानी गर्न, आवद्ध संस्थाहरुको सेवातथा बस्तु खरिद गर्नुका साथै सिनेमाहल र हवाई टिकट समेत खरिद गर्र्न …

पुरा पढ्नुहॊस »