सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयरको बाँडफाँड

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले निष्काशन गरेको हकप्रद शेयर बाँडफाँड भएको छ। कम्पनीले मिति २०८० पौष २१ गतेसम्म कायम साविक शेयरधनीहरूका लागि १ कित्ता शेयर बराबर नयाँ १ कित्ता (१ः१) शेयरको अनुपातमा हकप्रद शेयर जारी भएको थियो।

प्रतिशेयर १०० रुपैयाँ अंकित दरको १ करोड ४५ लाख कित्ता हकप्रद शेयरको निष्काशन गरिएकोमा सो मध्ये रितपूर्वक आवेदन दिने ७६ हजार २०० शेयरधनीहरूलाई ९८ लाख ८८ हजार ४६१ कित्ता शेयर जारी गरिएको हो।

निष्काशनकर्ता कम्पनी तथा बिक्री प्रबन्धक सहितको संयुक्त बाँडफाँड समितीले सिफारिस गरे बमोजिम निष्काशनकर्ता कम्पनीको सञ्चालक समितीले सो बाँडफाँडलाई स्वीकृत प्रदान गरेको हो।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस