Tag Archives: featured

कामना सेवा विकास बैंकको शाखा सप्तरीको महुलीमा

काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरी जिल्लाको महुली गाँउपालिका वडा नं.६ मा विस्तार गरेको छ ।  उक्त शाखा कार्यलयको उद्घाटन बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे । बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाका निर्माण कार्य भईरहेको बैंकले जनाएको छ । साथै, बैंकले अन्य क्षेत्रहरूमा …

पुरा पढ्नुहॊस »

सामसुङले ल्यायो फोल्ड गर्न मिल्ने स्मार्टफोन

काठमाडौं ।दक्षिण कोरियाली मोबाइल जाइन्ट सामसुङले ६ क्यामरासहितको फोल्ड गर्न मिल्ने स्मार्टफोन ग्यालेक्सी फोल्ड सार्वजनिक गरेको हो । सार्वजनिक गरिएको फोल्ड गर्न मिल्ने ग्यालेक्सी फोल्ड दुई महिनाभित्र बजारमा पठाउने तयारी भईरहेको छ ।   त्यस्तै गरी,सामसुङले फाइभ जी ग्यालेक्सी एस टेन र ग्यालेक्सी एस टेनका अरु तीन मोडल पनि सार्वजनिक गरेको हो । सामसुङले ल्याएको ग्यालेक्सी एस टेन फाइभ जी अहिलेसम्मकै भव्य फिचरसहितको फोन हो ।  

पुरा पढ्नुहॊस »

सानिमा लाइफ र गण्डकी बिकास बैंकबीच बीमा सेवा सम्झौता

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स  र  गण्डकी बिकास बैकबीच बीमा सेवा  सम्झौता भएको छ । उक्त सम्झौतामा  इन्स्योरेन्स कम्पनीका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना  र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले   हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत बैंकको सम्पूर्ण  ७७ शाखाहरुबाट ग्राहकहरुले सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट वीमा सेवा उपभोग गर्न सक्ने छन ।  

पुरा पढ्नुहॊस »

गरिमा विकास बैकद्धारा मृतक ग्राहकको ऋण मिनाहा

काठमाडौं।  गरिमा बिकास बैकले मृतक ग्राहक जित बहादुर बिक सुनारको ऋण मिनाहा गरेको छ । बैकको शाखा कार्यालय तल्लोगगनगौंडाको लघुवित्त कार्यक्रममा आवद्ध सदस्य कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.३२, तल्लोगगन गौडा निवासी ४२ बर्षका जित बहादुर बिक सुनारको असामायिक मृत्यु भएकोले बैकले स्व. सुनारको नाउँमा बाँकी रहेको कर्जाको साँवा तथा ब्याज रकम १ लाख ४९ हजार १ सय ६४ रुपैयाँ मिनाहा गरेको छ । बैकले एक कार्यक्रमको आयोजना गरि स्व. सुनारकी धर्मपत्नी …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा भरतपुर र गैंडाकोटमा

काठमाडौं । सिद्धार्थ बैंकले  दुई नयाँ शाखा भरतपुर र गैंडाकोटमा   विस्तार गरेको छ ।  भरतपुर शाखाको उद्घाटनमा प्रदेश नं ३ का सभासद घनश्याम दहाल तथा उद्योग वाणिज्य संघ  चितवनका अध्यक्ष सहनलाल प्रधानले गरेका छन् ।  गैंडाकोट शाखाको उद्घाटन गैंडाकोट नगरपालिकाका मेयर छत्रराज पौडेल र उद्योग वाणिज्य संघ(गैंडाकोटका अध्यक्ष अमृत भट्टचनले गरे ।

पुरा पढ्नुहॊस »

कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौँ । कामना सेवा विकास बैंक र प्रभु लाईफ इन्स्योरेन्सबीच  बैंकान्स्योरेन्स सेवा सम्बन्धी  सम्झौता  भएको छ । उक्त  सम्झौतापत्रमा  बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत  प्रविण वस्नेत र  इन्स्योरेन्सको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछानेले हस्ताक्षर गरेका छन् । सम्झौता बमोजिम  बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६४ वटै शाखाहरुबाट सहज रुपमा प्रभु लाईफ इन्स्योरेन्सको जीबन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

पोखरा । एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा संचालनमा आएको छ । एन आई सी एशिया बैंकका प्रमुख कर्जा अधिकृत प्रकाश बरालले उक्त शाखाको उद्घाटन गरेका छन् । योसँगै बैंकको शाखा संख्या २७७ पुगेको छ ।  

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमई बैंकको १०.२५% व्याजमा ऋणपत्र निष्कासन

काठमाडौं । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याजदर १०.२५% सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५% व्याजदर रहेको छ । मिति २०७५/११/१५ गतेदेखि खरिद गर्न सकिने गरि १५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको बैंकले जनाएको छ । ५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक …

पुरा पढ्नुहॊस »

सिभिल बैंकद्वारा नेपाल आँखा अस्पताललाई टिभी प्रदान

काठमाडौं । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमबीच नेपाल आँखा अस्पताललाई एक थान टिभी प्रदान गरेको छ । उक्त टिभी सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमन बहादुर घलेलाई हस्तान्तरण गरियो । नेपाल आँखा अस्पतालले हालै निर्माण गरेको विरामी प्रतिक्षालयमा सो टिभी जडान गरीने अस्पतालले जनाएको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकका ग्राहकलाई चिरायु अस्पतालमा १५% सम्मको छुट

काठमाडौं । माछापुच्छ्रे बैंकका ग्राहक तथा कर्मचारीले चिरायु नेशनल अस्पतालका सेवाहरुमा १५% सम्मको छुट पाउने भएका छन् । माछापुच्छ्रे बैंक र चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृतसन्तोष कोईराला तथा चिरायु नेशनल अस्पताल तथा मेडिकल इन्स्टिच्युटको तर्फबाट सञ्चालन निर्देशक चण्डेश्वर वैद्यबीच हस्ताक्षर भएको छ । सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले चिरायू नेशनल …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds