काठमाडौं । कामना सेवा विकास बैंकले सप्तरी जिल्लाको महुली गाँउपालिका वडा नं.६ मा विस्तार गरेको छ । उक्त शाखा कार्यलयको उद्घाटन बैंकका संचालक विश्वेश्वर सुवेदी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रुपमा गरे ।
बैंकले प्रदेश नं १, २ र ५ का विभिन्न शहर तथा ग्रामिण इलाकामा १९ वटा तथा काठमाडौं उपत्यकामा थप ३ वटा गरि कुल २२ वटा शाखाका निर्माण कार्य भईरहेको बैंकले जनाएको छ । साथै, बैंकले अन्य क्षेत्रहरूमा समेत शाखा विस्तारको सम्भाव्यता अध्ययन गरिरहेको जनाएको छ ।
हाल बैंकले मुलुकभर ६५ वटा शाखा कार्यलय तथा १७ वटा एटिएम मार्फत आफ्ना गा्रहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
प्रतिकृया दिनुहॊस