Tag Archives: featured

सेयर बजारमा उच्च गिरावटसँगै तीन वटा बैंकको सेयर लिलाम बिक्रीमा

काठमाडौं । बजारमा सेयरको मूल्यमा उच्च गिरावट आईरहेको समयमा एउटा वाणिज्य बैंक र दुईवटा विकास बैंकको सेयर लिलामीमा आएको छ । केदाल खत्री क्षेत्रीले कैलाश विकास बैंकबाट लिएको ऋण भुक्तानी नगरीपछि उनको स्वामित्वमा रहेको विभिन्न बैंकहरुको सेयर लिलामीमा राखिएको हो । ऋण असुली न्यायाधिकरणले क्षेत्रीको स्वामित्वमा रहेको १८ हजार २०० कित्ता सेयर लिलामीमा राखेको हो । जनता बैंक नेपालको सेयर १० हजार कित्ता, सिन्धु विकास बैंकको सेयर ६ हजार २१७ …

पुरा पढ्नुहॊस »

चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ स्थापना, नेपाल इन्भेष्टमेन्ट बैंकको स्वैच्छिक सहयोग

ललितपुर । वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले जावालाखेल स्थित सदर चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को उद्घाटन गरेका छन् । यसैबीच, समारोहमा नेपालका लागि बेलायती राजदूत महामहिम रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व गरेकोे थियो । आर्थिक वर्ष २०७४÷७५मा  ११,५९,११४ जनाले सदर चिडियाखानाको अवलोकन गरेका छन् । विद्यालयमा अध्ययनरत बालबालिकाहरूमा संरक्षण शिक्षासम्बन्धी कार्यक्रम सञ्चालित गरिने सदस्यतामा आधारित कार्यक्रम ‘फ्रेन्ड्स अफ जू’ …

पुरा पढ्नुहॊस »

सिभिल बैंकद्वारा बाल विकास समाजलाई आर्थिक सहयोग

काठमाडौँ । सिभिल बैंकले बाल विकास समाजलाई आर्थिक सहयोग गरेको छ । बैंकले एक कार्यक्रमबीच बाल विकास समाजलाई एक लाखको चेक हस्तान्तरण गरेको हो । उक्त चेक बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बाल विकास समाजका कोषाध्यक्ष सुरेन्द्र ढकाललाई  हस्तान्तरण गरेको हो । यस बाल विकास समाजसँग  बैंकले विगत ३ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ । बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको …

पुरा पढ्नुहॊस »

सेञ्चुरी बैंकद्वारा सर्लाहीमा सञ्चालित आँखा शिविरमा सहयोग

सर्लाही।  सेञ्चुरी बैंकद्वारा सर्लाही जिल्लामा सञ्चालित आंखा शिविरमा सहयोग गरेको छ । नेपाल आंखा अस्पताल, त्रिपुरेश्वरद्धारा सर्लाही जिल्लाको भगवतीपूर तथा मंलगवामा आयोजित ८ दिने आंखा शिविरमा  बैंकले ५० हजार आर्थिक सहयोग गरेको छ ।  डा. इन्दुप्रसाद ढुङ्गेगलको संयोजकमा उक्त शिविरमा करिब १८०० जनाको साधारण चेकअप र १६४ जनाको मोतिविन्दुको शल्यकिया भएको थियो ।

पुरा पढ्नुहॊस »

सिटिजन्स बैंककोआर्थिक सहयोग ‘आसमान नेपाल’लाई

काठमाडौँ । सिटिजन्स बैंकले  आसमान नेपाल नामक गैर सरकारी संस्थालाई आर्थिक सहयोग गरेको छ। बैंकले उक्त संस्थालाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।  सेन्ट मेरिज स्कूलका भूतपूर्व विद्यार्थीहरूको छाता संगठन आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथा बालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ ।   यस प्रकारको सहयोगबाट महिलातथाबालबालिकाको सशक्तिकरण, सबलिकरण तथाचौतर्फी विकासमा …

पुरा पढ्नुहॊस »

बैंकहरुले लिने ऋणको सेवा शुल्कमा पनि कडाई

काठमाडाैँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षा मार्फत बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने कर्जामा लिने प्रशासनिक सेवा शुल्क तथा प्रतिबद्धता शुल्कमा कडाई गर्ने उल्लेख गरेको छ । राष्ट्र बैंकले कर्जा सम्बन्धि लागत कम गर्न अवश्यक व्यवस्था मिलाउने जनाएको हो । यस अघि बैंकहरु पिच्छे यस्तो शुल्क फरक फरक रहदै आएको थियो । ऋण स्वीकृत गर्दा बैंकहरुले सेवा शुल्कको नाममा मोटो रकम लिने गरेका छन् । अहिले बैंकहरुले कुनैपनि कर्जाको …

पुरा पढ्नुहॊस »

ग्लोबल आइएमईको १५ लाख युनिट ऋणपत्र फागुन १५ देखि खुल्दै, १०.२५% ब्याजदर

काठमाडौं । ग्लोबल आइएमई बैंकले फागुन १५ गतेदेखि १५ लाख इकाई ऋणपत्र निष्कासन गर्ने भएको छ । यसमध्ये ५ लाख ९७ हजार इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । बैंकले ३० हजार इकाई सामूहिक लगानी कोषलाई छुट्याएपनि ३ हजार कित्ता मात्र बाँडफाँट भएको छ । सामूहिक लगानी कोषहरुले नकिनेको २७ हजार इकाई पनि थप गरी सर्वसाधारणलाई कुल ५ लाख ९७ हजार इकाई बिक्री गर्न लागिएको हो । कुल जारी इकाईमध्ये ९ …

पुरा पढ्नुहॊस »

सम्सारा रेमिट र नेशनल एक्सचेन्जबीच रेमिट्यान्स सम्झौता

काठमाडाैँ । सम्सारा रेमिट प्रा.लि. ले खाडी मुलुकमा आफ्नो सेवालाई अझै बिस्तार गर्दै जाने क््रmममा कतार स्थित रेमिट्यान्स कम्पनी नेशनल एक्सचेन्ज (NATIONAL EXCHANGE CO.W.L.L.) सँग विप्रेषण सेवा प्रदान गर्ने सम्बन्धि द्धिपक्षीय सम्झौता सम्पन्न गरेको छ । उक्त सम्झौता पत्रमा सम्सारा रेमिट प्रा.लि को तर्फबाट डाइरेक्ट व्यवसाय प्रवन्धक सुरज क्षेत्री र नेशनल एक्सचेन्जको तर्फबबाट महाप्रवन्धक मोहमद मुस्ताफाले सम्सारा रेमिट प्रा.लिको मुख्य कार्यालयमा एक कार्यक््रmम बीच हस्ताक्षर गरेका हुन् । उक्त कार्यक््रmममा …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको शाखा नयाँ बजारमा

काठमाडौं । सिद्घार्थ बैंकले काठमाडौंको नयाँ बजारमा नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले उक्त शाखाहरु सञ्चालनमा ल्याएको जनाएको छ । त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुक्त इन्टरनेट बैंकिङ्ग सेवा, मोबाइल बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । साथै हालसाल बैंकिङ्ग प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत …

पुरा पढ्नुहॊस »

नेपाल बैंकको अर्धवार्षिक समिक्षा गोष्ठी सम्पन्न

काठमाडाैँ । नेपाल बैकले चालु आर्थिक वर्षको कार्यसम्पादन सम्वन्धी अर्धवार्षिक समीक्षा गोष्ठी काठमाडांैमा सम्पन्न गरेको छ । गोष्ठीको समापन समारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र प्रताप शाहले नेपाल बैकले हाँसिल गरिरहेका उत्शाहजनक उपलव्धिको लागि सबैलाई धन्यवाद दिंदै पछिल्ला वर्षहरुमा बैकिङ क्षेत्रले गरेको मुनाफामा उद्यमी, व्यवसायी, संचार क्षेत्र र नियामक निकाय लगायतका सरोकारवालाहरुले आशंकको दृष्टिले हेर्ने गरेकामे बताउँदै आगामी दिनमा नियमन अरु कडा हुन सक्ने र बैकिङ क्षेत्रमा ठूलै समस्या आउन …

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds