Tag Archives: featured

कृषि विकास बैंकबाट विनाधितो सहूलितयपूर्ण कर्जा, मन्त्रालयसँग भयो सम्झौता

कास्की । कृषि विकास बैंकले सहूलियतपूर्ण कर्जामा विनाधितो ऋण लगानी गर्ने भएको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश र कृषि विकास बैंक लिमिटेड क्षेत्रीय कार्यालय पोखरा बीच बिहीबार भएको सम्झौतापत्रमा कृषि, पशुपालनलगायतका सहूलियतपूर्ण कर्जामा मन्त्रालयको सिफारिसमा बैंकले नियमानुसार व्यक्तिगत तथा सामूहिक जमानीमा विनाधितो ऋण प्रवाह गर्ने समझदारी भएको छ । सो सम्झौतापत्रमा मन्त्री लेखबहादुर थापाको उपस्थितिमा मन्त्रालयका सचिव शरदचन्द्र श्रेष्ठ र बैंकका क्षेत्रीय निर्देशक चेतनारायण सापकोटाले …

पुरा पढ्नुहॊस »

सिद्धार्थ बैंकको देवघाटमा नयाँ शाखा

काठमाडौं । सिद्घार्थ बैंकले तनहुँ स्थित देवघाट शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखाको उद्घाटन देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर थापा र सिद्धार्थ बैंकका सञ्चालक नरेन्द्र कुमार अग्रवालबाट संयुक्त रुपमा भएको थियो । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले हाल देशभर १३९ वटा शाखा विस्तार गरीसकेको छ ।

पुरा पढ्नुहॊस »

रुपन्देहीकाे फर्साकिटरमा शाइन रेसुङ्गा बैंकको भिसा डेबिट कार्ड सञ्चालन

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले एटिएमको औपचारिक शुरुवात गरी भिसा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । बैंकले रुपन्देही जिल्लाको शुद्धोधन गाउँपालिकाको सौ. फर्साकिटरमा शाखा कार्यालयको उद्घाटन गरेको छ । शाखा कार्यालय एक समारोह बीच शुद्धोधन गाँउपालिकाका अध्यक्ष किशुनचन्द्र चौधरीले उद्घाटन गरेका थिए । उक्त शाखाको उद्घाटन गर्दै अध्यक्ष चौधरीले प्रत्येक नागरिकलाई समृद्धिको अभियानमा सहभागी गराउन बैंकले अघि सारेको एक घर एक खाता अभियान सार्थक हुने बताए । डस्थानीय जेष्ठ …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकद्धारा मौरीपालक किसानका लागि मौरीपालन उपकरण हस्तान्तरण

काठमाडाैँ । कृषि विकास बैंकको जोगबुढा शाखाबाट आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृति अनिल कुमार उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । कार्यक्रममा आलिताल गाउँपालिकाका दलित तथा पिछाडीएका समूदायको जीवनस्तर उकास्ने उद्देश्यले मह काढ्ने वेला प्रयोगमा आउने विविध उपकरण लगायतका सामग्रीहरु हस्तान्तरण गरेको छ । साथै १३ जना किसान (९ जना महिला र ४ जना पुरुष ) ग्राहकहरुलाई सहुलियत कर्जा समेत उपलव्ध गराईयो । कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत …

पुरा पढ्नुहॊस »

चौतारी लघुवित्तको साधारणसभामा चैत १६ गते

काठमाडाैँ । चौतारी लघुवित्त वित्तीय संस्थाको आगामी फागुन २९ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले साधारणसभामा जाने प्रयोजनको लागि उक्त दिनदेखि चैत १६ गतेसम्म बुक क्लोज गर्न लागेको हो । वित्तीय संस्थाले आगामी चैत १६ गते आफ्नो तेस्रो वार्षिक साधारणसभामा जाँदै छ । उक्त सभा सो दिन बिहान ११ बजे बुटवलको सुख्खानगरस्थित आप्रपाली कटेज एण्ड रेष्टुरन्टमा बस्दै छ । उक्त सभाले संस्था मर्जर वा एक्विजिसनमा जाने प्रस्तावलाई अनुमोदन …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र प्रिमियर इन्स्योरेन्सबीच बीमा सेवा सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र प्रिमियर इन्स्योरेन्स कम्पनीबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ । उक्त  सम्झौतामा  बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्यायले संयुक्त रुपमा उक्त पत्रमा हस्ताक्षर गरे। यस सम्झौता अन्र्तगत बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले प्रिमियर इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् ।

पुरा पढ्नुहॊस »

प्रभु बैंकको एक्स्टेन्सन काउण्टर अमलेखगञ्जमा

काठमाडौं । प्रभु बैंकले बाराको अमलेखगञ्जमा रहेको नेपाल आयल निगलको परिसरमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । नेपाल आयल निगमका क्षेत्रीय प्रमुख प्रदिप कुमार यादवले उक्त बैंककोे एक्स्टेन्सन काउण्टरको समुद्घाटन गरे । समुद्घाटन कार्यक्रममा बोल्दै प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल आयल निगमको अमलेखगञ्ज डिपोेसँग इन्धन कारोबार गर्ने पेट्रोलियम व्यवसायीहरुको सुविधालाई मध्येनजर गरी बैंकले एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको बताए ।साथै,अब हरेक पेट्रोलियम व्यवसायीले नगद बोकेरै आउनु नपर्ने,प्रभु बैंकको जुनसुकै …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकको एकै साथ तीन नयाँ शाखा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले एकै साथ कास्कीमा  तीन नयाँ शाखा विस्तार गरेको छ ।बैंकले  कास्की जिल्लाको अमरसिङ्ग, जिरो कि.मी, लामाचौर गरी आफ्ना  तीन नयाँ शाखा विस्तार गरेको हो ।   अमरसिङ्ग शाखाको उद्घाटन प्रदेश नं ४ का प्रदेश सभा सांसद मनबहादुर गुरुङ्गले गरेका हुन् । त्यसैगरी, जिरो कि.मी शाखाको उद्घाटन आर्थिक योजना तथा मामिला मन्त्री किरण गुरुङ्गले गरेका थिए । शाखा कार्यालय उद्घाटन गर्दै प्रमुख अतिथि गुरुङ्गले बैंकले स–साना उद्यम गर्ने व्यवसायीका …

पुरा पढ्नुहॊस »

नेपाल बंगलादेश बैंकको नयाँ एटिएम शाखा पोखरामा

काठमाडौं । नेपाल बंगलादेश बैंकले आफ्नो एटिएम पोखराको लेकसाइड स्थित एटिएम लान्जबाट संचालनमा ल्याएको छ ।पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरन्जीवी पोखरेलबाट कार्यक्रमबीच उक्त एटिएम सेवाको शुरु भएको छ । उक्त समारोहमा बैंकका गण्डकी प्रदेश कार्यालयका प्रमुख देवेन्द्र अवस्थीले बैंकले पोखरामा २ वटा शाखा र ३ वटा एटिएमबाट बैंकिङ्ग सुविधा दिंदै आएको र देश भरी बैंकले ८१ शाखा ७ एक्सटेन्सन काउन्टर, २ शाखा रहित घरदैलो बैंकिङ्ग सेवा तथा ६५ वटा एटिएमबाट …

पुरा पढ्नुहॊस »

एनसीसी बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा सहकार्य सम्बन्धी सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक र नेको इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी  सम्झौता भएको छ । उक्त सम्झौतामा कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाले संयुक्त रुपमा हस्ताक्षर गरे ।   यस सम्झौता अन्र्तगत  बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले नेको इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू  प्राप्त गर्न सक्नेछन्

पुरा पढ्नुहॊस »
This Ad will close automatically in seconds