ग्लोबल आइएमई बैंकको १०.२५% व्याजमा ऋणपत्र निष्कासन

काठमाडौं । ग्लोबल आइएमई बैंकले सर्वाधिक व्याजदर १०.२५% सहितको ऋणपत्र निष्कासन गरेको छ । उक्त ऋणपत्रमा बजारमा उपलब्ध अन्य ऋणपत्रहरु मध्ये सवैभन्दा बढि १०.२५% व्याजदर रहेको छ । मिति २०७५/११/१५ गतेदेखि खरिद गर्न सकिने गरि १५ लाख कित्ता ऋणपत्र निष्कासन गरिएको बैंकले जनाएको छ ।

५ वर्षमा परिपक्क हुने कुल १५ लाख कित्ता ऋणपत्र मध्ये ५ लाख ९७ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् भने ३ हजार कित्ता सामुहिक लगानी कोषका लागि र बाँकी ९ लाख कित्ता संस्थागत लगानीकर्ताको लागि छुट्याईएको छ ।

सर्वसाधारण लगानीकर्ता तर्फ प्रति कित्ता १ हजार रुपैयाँका दरले न्यूनतम २५ देखि ७५ हजार कित्ता सम्म आवेदन दिन सकिने छ भने संस्थागत लगानीकर्ताहरुको लागि अधिकतम लगानी सिमा लागू हुने छैन ।

सी–आस्वाको माध्यमबाट फागुन १५ गते देखि फागुन १९ गतेसम्म आवेदन दिन सकिने ऋणपत्रमा उक्त अवधि भित्र आवश्यक मात्रामा बिक्री नभएमा चैत्र १४ गते सम्म पनि आवेदन दिई लगानीकर्ताले आफ्नो लगानीमा उच्चतम प्रतिफल प्राप्त गर्नसक्नेछन् ।

अर्धवार्षिक रुपमा ग्लोबल आइएमई बैंकका जुनसुकै शाखाहरु मार्फत व्याज भुक्तानी लिन सकिने र लगानीकर्ताले आवश्यकता परेको खण्डमा सोही ऋणपत्र धितोमा राखेर अन्य कुनैपनि बैंकबाट कर्जा लिन सक्नेछन् ।

ऋणपत्र फारम ग्लोबल आइएमई बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तिय संस्था र ती संस्थाहरुका तोकिएका शाखा कार्यालयहरुबाट निशुल्क प्राप्त गर्न सकिनेछ ।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिद्धार्थ बैंकका ग्राहकहरूलाई गोल्ड जिममा ५० प्रतिशतसम्मको छुट

काठमाडौँ । सिद्धार्थ बैंक र गोल्ड जिम फिट्नेस इन्स्टिच्युट प्रा. लि. बिच बैंकका ग्राहकलाई विभिन्न …

प्रतिकृया दिनुहॊस

This will auto close after