Tag Archives: featured

नेपाल बैकद्वारा प्रदेश ५मा वित्तिय साक्षरता कार्यक्रम

काठमाडौं । देशमा उद्यमशीलता, रोजगारी, उत्पादन घटिरहेको र युवाहरुको विदेश पलायन बढिरहेको वर्तमानको विसंगतीपूर्ण अवस्थाको अन्त्य गर्न नेपाल बैंक लिमिटेडले वित्तीय साक्षरता कार्यक्रमलाई अगाडि बढाएको छ । यसै सिलसिलामा बैकद्वारा हालै प्रदेश नं ५ नवलपरासी जिल्ला (पश्चिम) को पाल्हीनन्दन स्थित सिध्दार्थ उच्च माध्यमिक विद्यालय प्रांगणमा एक  वित्तीय साक्षरता कार्यक्रम आयोजना गरियो । वचत, कर्जा, बैकिंग व्यवहार, आर्थिक उन्नतिको आधार, सृजनशीलता र उद्यमशीलता आजको आवश्यकता नाराका साथ आयोजित उक्त कार्यक्रममा प्रमुख …

पुरा पढ्नुहॊस »

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी

काठमाडाैँ । नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा डिल्लीराम अधिकारी नियुक्त भएका छन्। टेलिकमकै प्रवन्ध निर्देशकको प्राविधिक सल्लाहाकार दशौं तहका कर्मचारी अधिकारी खुला प्रतिस्पर्धाबाट तीनजनामा छानिएका थिए। सरकारले सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको संयोजकत्वमा गठन गरेको छनौट समितिले अन्तिम तीनजनामा नम्बरका आधारमा डिल्लीराम अधिकारी, बुद्धि आचार्य र संगीता पहाडीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो। सबैभन्दा बढी नम्बर पाउने अधिकारीलाई मन्त्रिपरिषदले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको स्रोतले जनाएको छ।

पुरा पढ्नुहॊस »

हिमालयन हाइड्रो एक्स्पो २०१९ हुँदै

काठमाडौं ।  स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्तरुपमा हिमालयन हाइड्रो एक्स्पो २०१९ भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा आयोजना गर्ने भएको छ ।   नेपालमा जलविद्युत तथा उर्जा क्षेत्रमा अभुतपूर्व क्रियाकलापसँगै थप उर्जा उत्पादन, लोडसेडिङको न्यूनीकरण तथा सरकारले अघि सारेको १० वर्षमा १५ हजार मेगावाट निमार्णको बाटोमा राष्ट्र अघि बढेको छ । हिमालयन हाइड्रो एक्स्पो २०१९ ले उर्जा क्षेत्रमा एउटा आयाम दिने र उर्जा क्षेत्रमा लागेका …

पुरा पढ्नुहॊस »

सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सेवा सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितीका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे । सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् । बैंकले उपत्यकामा १३ शाखाहरु र …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ विकास बैंकद्धारा १३ औं वार्षिकउत्सवको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १३ औं वार्षिकउत्सवको अवसरमा गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिदै विभिन्न कार्यक्रम गरेका छन् । जसमध्ये सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण, काठमाडौंको ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण तथा केन्द्रिय कार्यालय काठमाडौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरी मनाएका छन् । बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।

पुरा पढ्नुहॊस »

माछापुच्छ्रे बैंकको रियल टाइममा नै खाता खोल्न मिल्ने गरी थप ८ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडौं ।माछापुच्छ्रे बैंक लिमिटेडले खोटाङ्ग, भोजपुर र डडेलधुरा मा ८ शाखा रहित बैंकिङ्ग सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले खोटाङ्गमा पर्ने हलेसी तुबचुङ्ग नगरपालिकाको अर्खौले र राजापानीमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । त्यससँगै डडेलधुरामा पर्ने वागेश्वर गाँउपालिको रुपाल र गन्यापधुरा गाँउपालिको बदलमा २ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यसका साथै भोजपुरमा पर्ने ट्याम्के मैयुङ् गाँउपालिको कोट र पाँचधारे, सदानन्द नगरपालिको साङ्पाङ् र …

पुरा पढ्नुहॊस »

कृषि विकास बैंकको नयाँ शाखा कोल्हवीमा

काठमाडौं । कृषि विकास बैंकले  आफनो नयाँ शाखा कार्यालय  बारा जिल्ला कोल्हवी नगरपालीका कोल्हवी–१ मा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको कार्यालय उदघाटन प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र संघीय सांसद उमाकान्त चौधरी,प्रदेशसभा सदस्य त्रिलोक चौधरी र कोल्हवी न.पा.का मेयर भरत भण्डारीले संयुक्त रुपमा औपचारिक गरे  ।

पुरा पढ्नुहॊस »

मेगा बैंकद्धारा क्यान्सर र आँखा शिविरलाई सहयोग

काठमाडौँ । मेगा बैंकले स्वास्थ्य शिविरका लागि सहयोग गरेको छ । काठमाडौँको सुविधानगर तीनकुनेस्थित मेट्रो आइकेयरमा आयोजना गरिएको शिविरमा छाती तथा पाठेघरको क्यान्सर भएका महिलाहरुको उल्लेख्यनिय सहभागिता थियो ।नेपाल अर्वुदरोग विजेता समाजबाट  काठमाडौँमा आयोजित क्यान्सर तथा आँखा रोग सम्बन्धी शिविरमा मेगा बैंकले सहयोग गरेको हो । शिविरमा मेगा बैंकका ग्राहक तथा परिवारको बढी सहभागिता थियो ।

पुरा पढ्नुहॊस »

आइतबार विदेशी मुद्राको भाउ घट्यो

काठमाडौं । हप्ताको पहिलो दिन आज आइतबार विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६६ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८२ पैसा तोकेको छ । शुक्रबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८६ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०२ पैसा थियो । आइतबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७२ पैसा तोकिएको छ …

पुरा पढ्नुहॊस »

मुक्तिनाथ बैंकद्वारा ऋण मिनाहा

ओखलढुंगा । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुंगाले ऋणीको मृत्यु भएपछि मृतकका परिवारलाई ऋण मिनाहा गरिदिएको छ । बैंकले सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ऋणी कमला श्रेष्ठको मृत्यु भएपछि उनका परिवारलाई किरिया खर्चसहित ऋण मिनाहा गरिदिएको हो । व्यवसाय गर्न लिएको ऋण तिर्न नपाउँदै श्रेष्ठको मृत्यु भएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत उनले लिएको १ लाख ५० हजार रुपैयाँ र साँवा ब्याज मिनाहा गरिएको बैंकका साना तथा लघु बैंकिङ डेक्स प्रमुख विकल्प भट्टराईले बताए । …

पुरा पढ्नुहॊस »