सेञ्चुरी कमर्सियल बैंक र ब्लु क्रस अस्पतालबीच सेवा सम्झौता

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालबीच सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रन्जन खड्का र ब्लु क्रस अस्पतालका कार्यकारी व्यवस्थापन समितीका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरे ।

सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनिहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जांचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

नेपाली बजारमा घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य तोलामा ४ सयले घटेको छ । नेपाल …

प्रतिकृया दिनुहॊस