सरकारले राख्यो यी ५२ ओटा रोगलाई सङ्क्रामकको सूचीमा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ ।

सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक ५२ वटा रोगलाई सङ्क्रामक रोगको सूची तयार पारेको हो ।

सङ्क्रामक रोगहरूको सूचीमा रेबिज, क्षयरोग, कोभिड–१९, दादुरा, डेङ्गु, जापानिज इन्फेफलाइटिस, हैजा, धनुष्टङ्कार, एचआईभी, हात्तिपाइले स्क्रब टाइफस, कालाजार, रुबेलालगायतका रोगहरू रहेका छन् ।

सङ्क्रामक रोग विशेषज्ञ डा अनुप बास्तोलाले पहिलो पटक सङ्क्रामक रोगबारे सूचिकृत गरिएको बताए । उनले ती रोगले हुन सक्ने समस्या, अन्तर्राष्ट्रिय स्वास्थ्य नियम र कानुन अनुसार सूचिकृत गरिएको जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘नो केबलकार समूह’ द्वारा थप आन्दोलन कार्यक्रमको घोषणा

काठमाडौँ । ‘नो केबलकार समूह’ द्वारा पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध थप आन्दोलन कार्यक्रम गर्ने घोषणा गरेको छ । उनीहरुले नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट समस्या समाधान नभएको भन्दै थप आन्दोलनका कार्यक्रम गर्ने घोषणा गरेका हुन् ।

प्रतिकृया दिनुहॊस