मुक्तिनाथ बैंकद्वारा ऋण मिनाहा

ओखलढुंगा । मुक्तिनाथ विकास बैंकको शाखा कार्यालय ओखलढुंगाले ऋणीको मृत्यु भएपछि मृतकका परिवारलाई ऋण मिनाहा गरिदिएको छ । बैंकले सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ऋणी कमला श्रेष्ठको मृत्यु भएपछि उनका परिवारलाई किरिया खर्चसहित ऋण मिनाहा गरिदिएको हो ।

व्यवसाय गर्न लिएको ऋण तिर्न नपाउँदै श्रेष्ठको मृत्यु भएपछि सामाजिक उत्तरदायित्वअन्तर्गत उनले लिएको १ लाख ५० हजार रुपैयाँ र साँवा ब्याज मिनाहा गरिएको बैंकका साना तथा लघु बैंकिङ डेक्स प्रमुख विकल्प भट्टराईले बताए । मृतक श्रेष्ठले तिरेको सावा ब्याजसहित ९० हजार ३ सय ३६ रुपैयाँ र ५ हजार किरिया खर्च नेपाल पत्रकार महासंघ ओखलढुंगाका कार्यबाहक अध्यक्ष शिव ढुंगाना र डेक्स प्रमुख भट्टराईले मृतकका श्रीमान् भीमबहादुर श्रेष्ठलाई हस्तान्तरण गर्दै फिर्ता गरेका थिए ।

मृतक श्रेष्ठले बैंकबाट बिनाधितो तर्फको कर्जा लिएकी थिइन् । ऋण मिनाहा भएपछि मृतकका परिवारले मुक्तिनाथ विकास बैंकले पीडामा मल्हम लगाइदिएको प्रतिक्रिया दिएका थिए । यस्तै सोही ठाउँकी ऋणी कृष्णकुमारी विकका श्रीमान् देवकुमार विकको मृत्यु भएपछि बैंकले किरिया खर्च उपलब्ध गराएको छ । बैंकले किरिया खर्चबापत ५ हजार रुपैयाँ उपलब्ध गराएको हो । सो रकम पनि पत्रकार महासंघका कार्यबाहक अध्यक्ष ढुंगाना र बैंकका डेक्स प्रमुख भट्टराईले हस्तान्तरण गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एनसेलकी खड्कालाई ‘बेस्ट वुमन सस्टेनेबिलिटी लिडर’ अवार्ड

काठमाडौँ । एनसेलकी कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्का बेलायतको वुमन्स ट्याब्लोइडले प्रदान …

प्रतिकृया दिनुहॊस